बाँकेमा एघार जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २ श्रावण २०७८, शनिबार १८:०८
 

नेपालगञ्ज : पछिल्लो २४ घण्टामा बाँकेमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ११९ वटा नमुना परीक्षण गर्दा ११ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ६० नमुना परीक्षण गर्दा ७, मेडिकल कलेज कोहलपुरमा ३५ नमुना परीक्षण गर्दा ३ र बागेश्वरी प्रयोगशालामा २४ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये ९ जना बाँकेका छन् ।


त्यसमा महिलाको संख्या ५ रहेको छ । बाँकेमा पछिल्लो २४ घण्टामा डिस्चार्ज र मृत्यु संख्या शुन्य छ । जिल्लामा अहिलेसम्म ८६ हजार ५ सय ८९ नमुना परीक्षण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कार्यक्रममा ६७ जनाले गरे रक्तदान

२ श्रावण २०७८, शनिबार १८:०८
नेपालगञ्ज : ‘दान मध्येको महादान, रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ नेपालगञ्ज जुता चप्पल व्यवसायी संघद्धारा शनिवार गरिएको रक्तदान कार्यक्रममा महिला पुरुष गरी ६७ जनाले रक्तदान गरेका छन् । नेपालगञ्ज जुता चप्पल व्यवसायी संघका अध्यक्ष कमलप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रमका नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रमुख अतिथि अव्दुलवाहिद […]

सम्बन्धित