लोकतन्त्रको रक्षाको लागि बाम गठबन्धनलाई परास्त गरौ

४ मंसिर २०७४, सोमबार २२:३०
 

सदरलाइनडटकम 
४ कात्तिक, नेपालगन्ज : लोकतान्त्रिक गठबन्धनका नेताहरुले लोकतन्त्रको रक्षाको लागि बाम गठबन्धनलाई परास्त गर्नु पर्ने रहेको बताएका छन् । नेपाली कांग्रेस र राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनले बाँकेका विभिन्न स्थानमा सोमबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले लोकतन्त्रबादी हौं भन्दै जनतालाई झुक्याएर साम्यवाद लागू गर्न खोज्नेहरुसंग सावधान रहन आग्रह गरेका हुन् ।
खजुरा गाउँपालिकाको गौघाटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले अहिलेसम्म प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धि तर्फ लैजान लोकतन्त्रबादी शक्तिहरुलाई जिताउन आह्वान गरिन् ।
क्षेत्र नम्बर १ अन्तर्गत् राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ९ र नरैनापुरको कट्कुइँयामा घरदैलो र चुनावी सभा गरिएको प्रतिनिधिसभाका उम्मेदवार माधवराम खत्रीले बताए । राप्तीसोनारीको वडा नम्बर ९ मा प्रदेशसभा २ का उम्मेदवार नारायण गौडेल र कट्कुइँयामा प्रदेशसभा १ का उम्मेदवार शरदचन्द्र बर्मासंगसंगै घरदैलो र भेटघाट गरेको प्रचारप्रसार सचिवालयका संयोजक भूम भण्डारीले जानकारी दिए ।
क्षेत्र नम्बर २ ले पनि प्रचारप्रसारलाई व्यापकता दिएको छ । विहान नेपालगन्जको गगनगन्जमा सम्पर्क कार्यालय उद्घाटन गरेको लोकतान्त्रिक गठबन्धनले सोमबार बसुदेवपुर, कम्दी र धम्बोझीमा घरदैलो र चुनावी कोणसभा गरेको छ ।
प्रतिनिधि सभाका उम्मेदवार ओमप्रकाश आजाद र प्रदेश सभाका उम्मेदवारद्वय निरन्जनसिंह सिंजापति र सुरेन्द्र हमालले आ–आफ्नो क्षेत्र पर्ने ठाउँहरुमा संंयुक्त घरदैलो र चुनावी सभा गरेको राप्रपाका नेता ऋषिराज देवकोटाले बताए । २ नम्बर क्षेत्रको प्रदेश सभा १ का उम्मेदवार सिंजापतिले विहान नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ फुटाहामा सम्पर्क कार्यालय उद्घाटन गरिएको बताए ।
क्षेत्र नम्बर ३ अन्तर्गत् सोमबार खजुरा गाउँपालिका वडा नम्बर २ गौघाटमा कोणसभा र जानकी गाउँपालिका वडा नम्बर १ शिवपुरीमा घरदैलो कार्यक्रम गरिएको प्रचार प्रसार सचिवालय संयोजक रमेश सिंजालीले जानकारी दिए ।
प्रतिनिधिसभाका उम्मेदवार बादशाह कुर्मी र प्रदेश सभा २ का उम्मेदवार लक्ष्मी नारायण शाह ती क्षेत्रहरुमा सहभागी भएको उनले बताए । प्रदेश सभा १ का उम्मेदवार चन्तराम थारुले पनि विभिन्न ठाउँमा घरदैलो जारी राखेको बताए ।

Next Post

सत्ता र सरकारी रकमको चरम दुरुपयोग गर्दै सिचाई मन्त्री मतदाता लोभ्याउन झुल वितरण पछि बोरिंग गाड्दै

४ मंसिर २०७४, सोमबार २२:३०
सदरलाइनडटकम  ५ मंसिर, बर्दिया  :  प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर २१ नजिकिदै जाँदा सिचाई मन्त्री एवं नेपाली काँग्रेसबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बर्दियाका उम्मेदवार संजय गौतमले एकपछि अर्को गर्दै निर्वाचन आचार संहितको ठाडो उल्लंघन गरेको पाईएको छ । एक साता अघि बारबर्दिया नगरपालिकाको वडा नं. ८ […]

सम्बन्धित