हात्तीको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

सदरलाइन संवाददाता ११ जेष्ठ २०७८, मंगलवार ११:१९
 

नेपालगञ्ज : हात्तीको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ ।बर्दिया राष्ट्रिय निकुञ्जबाट वस्तीमा छिरेको जंगली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका वडा नम्वर १ सर्खोल फचकपुरकी ३७ बर्षिया चन्द्रा विकको मृत्यु भएको हो ।

घरमै सुतीरहेको अवस्थामा सोमवार राती १० बजे उनीसहित उनको ३ वर्षिया छोरी दिपीका विकलाई हात्तीले आक्रमण गरेको हो ।

आक्रमणबाट दिपीका गम्मीर घाईते भएकी छन् । गंभिर घाईते भएकी उनलाई थप उपचारका लागि नेपालगञ्ज ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा कोरोनाको संक्रमण घट्दै

११ जेष्ठ २०७८, मंगलवार ११:१९
काठमाण्डौ : दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई साता यता कमी आएको छ । लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ९५ हजार ८१५ जनामा संक्रमण भएको छ । यो संख्या सोमबारको तुलनामा झण्डै २७ हजारले कम हो । पछिल्लो वृद्धिसँगै […]