नेपालगञ्ज : बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ जसपाले सबैभन्दा बढी मत पाएको छ । जसपा २०१९५ मतका साथ पहिलो दल बन्दा ११३४८ मतका साथ राप्रपले दोस्रो धेरै मत पाएको छ ।
तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १०१७५ मत पाउँदा नेकपा एमालेले ९३२० मत पायो । नेकपा माओवादी केन्द्रलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीले ४०९७ र माओवादी केन्द्रले ३०३३ मत पाएका छन् ।
बाँके २ बाट प्रत्यक्षतर्फ एमाले राप्रपा गठबन्धनबाट राप्रपाका महामन्त्री डा.धवल शमशेर राणा, २(क) बाट जसपाका भण्डारीलाल यादव र २(ख) बाट जसपाकै आदेशकुमार अग्रवाल निर्वाचित भएका छन् ।