जानकीमा सामुदायिक सिकलसेल अस्पताल निर्माण हुँदै

सदरलाइन संवाददाता २३ भाद्र २०७९, बिहीबार १३:५७
 

जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिका वडान ३ मा सिकल सेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र निर्माणको कार्य अगाडि बढाइएको छ । अनुसन्धान केन्द्र निमार्णको कार्यलाई थारु स्वास्थ्यकर्मीहरुले मिलेर अगाडि बढाएका हुन् ।

अनुसन्धान निमार्णका लागि शहरी विकास मन्त्री मेटमणी चौधरीले बिहीबार शिलान्यास गरेका छन् । उनले सिकलसेल अस्पतालको भवन निमार्णका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले अनुसन्धान केन्द्रका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मी, चिकित्सक र आवश्यक पर्ने भौतिक पुर्बधारको व्यवस्थापन अति आवश्यक रहेको सुझाव दिए । पश्चिम तराईमा बसोबास गर्ने थारु समुदायमा सिकलसेलको प्रकोप बढी देखिएको छ ।

अस्पताल निमार्णको कार्य सुरु भएको हो । उपचार अभावमा कतिपय सिकलसेल पीडितहरुले ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गरी छुट्टै अस्पताल निमार्ण गर्न थालिएको हो । अस्पताल निमार्णका लागि विभिन्न अगुवाहरुले आर्थिक सहयोग गरिरहेका छन् ।

गोलो आकारमा हुने रक्त कोष हँसिया आकारको हुनुलाई चिकित्सकले सिकलसेल एनिमिया भन्छन् ।


उक्त रोगका विरामीको शरीर, हाडजोर्नी दुख्ने, पटकपटक जण्डिस, रक्त अल्पता र निमोनियाको समस्या देखिने चिकित्सहरु बताउँछन् । सिकलसेलको पहिचान हुन नसक्दा अधिकांश पीडितले बाथ, यूरिसकेशी, हाडजोर्नी र नसा रोगको औषधि सेवन गर्न बाध्य छन् ।

नेपाल सरकार स्वास्थ्य अनुसन्धान परिषदसंग त्रिभुवन बिश्वबिद्यालय ट्रफ अनुसन्धान प्रयोगशालाले पछिल्लो पल्ट गरेको अनुसन्धानपछि समयमै सवधानी नअपनाए मुलुकले ठूलो क्षति ब्यहोर्नु पर्ने चेतावनी दिएको छ ।

उसले पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाहरुको डिएनए परिक्षण गर्दा १८ प्रतिशत व्यक्तिहरुमा सिकलसेल हेटेरोजाईगोस ट्रेट पाइएको जनाएको छ ।

उक्त अनुसन्धानले ०६८ को थारु समुदायको जनसंख्यालाई आधार मान्दै ३ लाख बढी व्यक्तिहरुमा सिकलसेल रोगको गुण पाइएको जनाएको छ । त्यस्तै, समयमै डिएनए परिक्षण गरी जेनेटिक परामर्शको व्यवस्था नगर्ने हो भने मुलुकले ठूलो क्षति ब्यहोर्नु पर्ने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्त्री चौधरीले गरे भेरी अस्पतालको निरीक्षण

२३ भाद्र २०७९, बिहीबार १३:५७
नेपालगञ्ज : सहरी विकास मन्त्री मेटमणि चौधरीले नेपालगञ्जस्थित भेरी अस्पतालको नवनिर्मित भवनको बिहीवार निरीक्षण गरेका छन् । नवनिर्मित भवनको निरीक्षण गर्दै मन्त्री चौधरीले औंला गनेरै तीन महिनामा काम सक्न निर्देशन दिएका छन् । निर्माण व्यवसायीले पनि तीन महिनाभित्रै काम सक्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री चौधरीलाई अस्पताल विकास समितिका अध्यक्ष […]