बैतडीमा जीप दुर्घटना हुँदा चार प्रहरीको मृत्यु, आठ घाइते

सदरलाइन संवाददाता ५ मंसिर २०७९, सोमबार १३:४७
 

बैतडी : बैतडीमा प्रहरी सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुने सबै प्रहरी हुन् ।

दुर्घटनामा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, जवानहरू लोकबहादुर बाठामगर, रमेश साउद र बिर्खबहादुर विष्टको मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

दुर्घटनामा परी आठ प्रहरी र चालक घाइते भएका छन्। हवल्दार गणेश खड्का, प्रहरी सहायक हवल्दार गोपालबहादुर पाल,प्रहरी जवान पुतली खड्का, प्रहरी जवानहरु नरेश कठरिया,आशा धामी, भानु विष्ट,टिकेन्द्र ऐरी,चन्द्र सिंह ठगुन्ना र चालक देवराम महर घाइते भएका हुन् ।


घाइतेमध्ये गणेश र पुतलीलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रजिअ पन्थीले बताए । अन्य घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उपचाररत नरेश, आशा र देवरामको अवस्था पनि गम्भीर रहेकाले उनीहरूलाई पनि थप उपचारको लागि हेलिकप्टरमार्फत पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

प्रहरी बोकेको से १ ज ८५४ नम्बरको जिप सोमबार बिहान दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा जिप दुर्घटनामा परेको थियोे । जिपमा १२ प्रहरी र १ चालक गरि १३ जना सवार रहेका थिए ।

जिल्ला सदरमुकाममा मतपेटिका पुर् याएर पाटन फकिँदै गरेको प्रहरी टोली सवार जीप बिहान ७ बजे दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको छ । रातभर मतपेटिका ढुवानी गरिरहेको र चालक अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके ३ मा काँग्रेसका राठौरले लिए अग्रता

५ मंसिर २०७९, सोमबार १३:४७
नेपालगञ्ज : बाँके क्षेत्र नं.३ मा किसोर सिह राठौरले अग्रता लिएका पाएका छन् । १९ हजार ३ सय २९ मत गणना हुदै गर्दा नेपाली कांग्रेसका राठौरले अग्रता लिएका हुन् । उनले कूल ७ हजार ४ सय ६५ मत प्राप्त गरेका छन। भने उन्नलाई एमालेका किश्मत कुमार कक्षपतिले पछ्याइरहेका छन् । […]

सम्बन्धित