प्रचण्ड पुत्र प्रकाश दाहालको मृत्यु

३ मंसिर २०७४, आईतवार ०९:०५
 

सदरलाइनडटकम  
३ मंसिर, काठमाण्डौ : माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई पुत्र शोक परेको छ । आईतबार बिहान प्रचण्ड पुत्र प्रकाश दाहालको हृदयघातका कारण निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार आईतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गरी उनको अवस्थाको बारेमा जानकरी दिने बताईएको छ ।
अस्पतालमा यतिबेला सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदै गरेको जानकारीमा आएको छ । सधैं प्रचण्डसँगै जाने गरेका उनी झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट काठमाडौं आएका थिए । उनी काठमाडौंमा आमासँग बसेका थिए ।

Next Post

संविधानको रक्षा र सम्बृद्धिका लागि मत माग्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार

३ मंसिर २०७४, आईतवार ०९:०५
सदरलाइनडटकम  ३ मंसिर, नेपालगन्ज : लोकतान्त्रिक गठबन्धनले बाँकेमा प्रचार अभियानलाई तीब्र बनाएको छ । गठबन्धनका उम्मेदवारले बाँकेका ३ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ६ वटै प्रदेश सभा क्षेत्रमा आइतबार प्रचार अभियानलाई तीब्रता दिएको जनाएका छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभा ख का उम्मेदवाहरुले आइतबार घरदैलो […]

सम्बन्धित