बाँके क्षेत्र नम्बर ३ मा मतगणना सुरु

सदरलाइन संवाददाता ५ मंसिर २०७९, सोमबार १०:२६
 

नेपालगञ्ज : बाँके क्षेत्र नम्बर ३ मा साेमबार बिहान साढे ८ बजेदेखि मतगणना सुरु भएको छ । खजुरास्थित कपास विकास समितिमा मतगणना सुरु भएको हो । क्षेत्र नम्बर ३ मा १ लाख १३ हजार ३ सय २२ मध्ये ७४ हजार ४ सय ३३ मत खसेको छ ।

क्षेत्र नम्बर २ मा विहान १० बजेदेखि मतगणना सुरु हुनेछ । नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा मतगणना सुरु हुनेछ । क्षेत्र नम्बर २ मा ९७ हजार ८ सय ९ मत मध्ये ६८ हजार ४ सय ४८ मत खसेको छ ।


क्षेत्र नम्बर १ मा अहिले सर्वदलीय वैठक बसिरहेको छ । त्यहाँ अगैयामा मतगणना हुनेछ । क्षेत्र नम्बर १ १ लाख २१ हजार १ सय मध्ये ७५ हजार ४ सय ६८ मत खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके क्षेत्र नं. ३ मा एमालेको अग्रता कायमै

५ मंसिर २०७९, सोमबार १०:२६
नेपालगञ्ज : बाँके क्षेत्र नं. ३ प्रतिनिधीसभामा नेकपा एमालेको अग्रता कायमै रहेको छ । हालसम्म गणना भएको ३ हजार ९ सय २९ मतमध्ये नेकपा एमालेका किस्मतकुमार कक्षपतिले १ हजार ८ सय १६ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका किशोरसिँह राठौरले १ हजार २ सय […]