नेपालगन्ज–बघौडा हुलाकी सडकको शिलन्यास

५ माघ २०७३, बुधबार १३:१७
 

सदरलाइनडटकम     
५ माघ, नेपालगन्ज : भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले नेपालगन्ज–बघौडा सडक निर्धारित समयमै गुणस्तरियता कायम राख्दै सम्पन्न गर्न निर्देशन दिएका छन् ।बुधबार बाँकेको फत्तेपुरमा आयोजित एक कार्यक्रममा सो सडकखण्डको शिलन्यास गर्दै उनले लामो समयदेखिको नेपालगन्जसंग सडक सञ्जालबाट जाडिने बघौडाबासीको प्रतिक्षा अव समाप्त हुने बताए ।
बाँकेको राप्तीपारीका ९ गाविसलाई नेपालगन्जसम्म जोड्नको लागि नेपालगन्ज–बघौडा हुलाकी सडक निर्माणपछि यस क्षेत्रको विकासमा रहेको पछ्यौटेपन हटेर जाने भएकोले आफ्नो भाग्य र भविश्य समेत जोडिएको सडक निर्माणको क्रममा गुणस्तरियता र निर्धातिर समयमा काम सम्पन्न गराउनको लागि स्थानीयको सक्रियता हुनु पर्ने मन्त्री लेखकको जिकिर थियो ।
भारत सरकारले पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणमा समानन्तर हुने गरी निर्माण गरि दिन लागेको हुलाकी सडकको बाँकेमा सदरमुकाम नेपालगन्जदेखि बघौडासम्म ४४ दशमलभ ६ किलोमिटर सडक निर्माण गर्नको लागि जिभिआर ईन्फ्र प्रोजेक्ट लि. चेन्नाई भारतले १९ मार्च २०१४ मा सक्नेगरी २० सेप्टेम्बर २०११ मा ठेक्का सम्झौता गरेपनि तीन प्रतिशत काम नभई अलपत्र अवस्थामा छाडेर हिडेको थियो ।
सो सडक नेपाल सरकारले नै निर्माण गर्ने निर्णय अनुसार पप्पु लुम्बिनी जेभीले सम्झौता भएको मितिले ३० महिना भित्रै निर्माण गरिसक्ने गरी टेण्डर लिएपछि बुधबार मन्त्री लेखकले शिलन्यास गरेर काम सुरुवात भएको छ । हुलाकी राजमार्ग आयोजना निर्देशक बालाराम मिश्रले ६६ करोड ६ लाख ३६ हजार ८ सय ९० रुपैया ३६ पैसाको लागतमा डबल लेनको कालोपत्रे सडक निर्माण हुने जानकारी दिए ।
उनले भने–‘निर्धारित समयमा गुणस्तरीय कालोपत्रे सडक निर्माण हुनेमा हामी विश्वस्थ छौ ।’ सो सडक कालोपत्रे गरिदा अलकत्राको पत्र डबल हुने, ८० किलोमिटर प्रति घण्टाको गतिमा सवारी चलाउन सकिने, २ दशमलभ ७५ मिटर सडकको दुबैतिर किनारा र बाटोको चौडाई ११ मिटरको रहने छ ।
सो शिलन्यास कार्यक्रममा बाँके निर्वाचन क्षेत्र नं.२ का सांसद दिनेशचन्द्र यादव, सांसद आशा बिक, मैकुलाल बाल्मीकी, बादशाह कुर्मी, बाँकेका स्थानीय विकास अधिकारी हरी प्याकुरेल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयबासीको बाक्लो उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बघौडा उज्यालो कार्यक्रम अन्तरगत सोलारसेट वितरण

५ माघ २०७३, बुधबार १३:१७
सदरलाइनडटकम      ६ माघ, नेपालगन्ज  : बाँकेको राप्तीपारीका ६ गाविसलाई लक्षति गरी सञ्चालनमा ल्याईएको बघौडा उज्यालो कार्यक्रम अन्तरगत गंगापुर गाविसबाट सोलारसेट बितरण गर्दै सुरुवात गरिएको छ । जिविस बाँकेको निर्वाचन क्षेत्र विकास कोषको सहयोगमा यस वर्ष पहिलो चरणमा राप्तीपारीका तीन गाविसका १ हजार ४ सय ५० घरधुरीलाई प्रत्यक घरधुरीमा […]