काठमाण्डौ : सरकारका खानेपानी मन्त्री अब्दुल खानले आज मन्त्री पदबाट राजीनामा दिएका छन् ।
मन्त्री खान राजीनामा बुझाउन बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मन्त्री खानले राजीनामा दिएका हुन् ।
सत्ता साझेदार दलको बैठकमा सिके राउत नेतृत्वको जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो । तर उक्त मन्त्रालय नपाउने नपाएपछि मन्त्री खानले राजिनामा दिएका हुन् ।