जानकीको क्वारेन्टाइन र आईसोलेशनलाई स्वास्थ्य सामाग्री

२७ जेष्ठ २०७७, मंगलवार १२:२६
 

सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाको आईसोलेशन तथा क्वारेन्टाइनको लागि मंगलबार लायन्स क्लव र बाँके युनेस्को क्लवले उपलब्ध गराएको स्वास्थ्य समाग्री हस्तन्त्रण गरिएको छ । हस्तान्त्रण गरिएको स्वास्थ्य सामाग्रीमा सेनिटाजर, सर्जिकल मास्क र एन–९५ मास्क रहेको छ ।

लायन्स क्लब डिस्ट्रीक ३२५ बि–२ क्षेत्र नम्बर ६ बाट प्राप्त एन–९५ मास्क ४१ थान र ५ लिटर सेनिटाइजर त्यसैगरी बाँके युनेस्को क्ल्बबाट प्राप्त २ पोका सर्जिकल मास्क र ५ सय एमएलको २ बोतल सेनिटाइजर सञ्चारकर्मी समेत रहेका नेकपाका जानकी गाउँपालिका ईन्चार्ज डिल्ली बिसी मार्फत गाउँपालिकालाई हस्तान्त्रण गरिएको हो ।


सो अवसरमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीबहादुर खत्रीले प्राप्त सामाग्री पालिकाभित्र रहेका क्वारेन्टाइन र आइसोलेसन सेन्टरमा बसेका व्यक्तिहरुलाई बितरण गरिने जानकारी दिए । उनले सामाग्री प्रदान गरेकोमा सहयोगी मनहरुलाई धन्यवाद दिए ।

Next Post

बाँकेमा थप ९ जनामा कोरोना पुष्टि

२७ जेष्ठ २०७७, मंगलवार १२:२६
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट मंगलवार थप ९ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये महिला २ र ७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा मंगलवार ३ सय २३ जनामा कोरोना […]