नेपाल–भारतका सुरक्षाकर्मीद्वारा दशगजामा संयुक्त गस्ती

सदरलाइन संवाददाता १ मंसिर २०७९, बिहीबार १३:५५
 

नेपालगञ्ज : आगामी मंसिर ४ गते नेपालमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी तथा सीमा क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर नेपाल भारत सीमा क्षेत्रको दशगजामा दुईदेशका सुरक्षा निकायले संयुक्त गस्ती गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी अन्तर्गत बिओपी जमुनाहाका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रोशन जोशी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बटालियन नम्बर ४२ को कम्पनी रुपईडिहाका असई अरुण कुमारको संयुक्त कमाण्डमा बाँकेस्थित नेपाल भारत सीमा क्षेत्रको जंगेपिल्लर नं. ६५१ देखि ६५१/११ सम्म संयुक्त गस्ती गरिएको हो ।


निर्वाचनको बेलामा सीमा क्षेत्रबाट हुनसक्ने अवाञ्छित क्रियाकलाप तथा अपराध रोक्नका लागि संयुक्त गस्ती शुरु गरिएको जनाईएको छ ।

निर्वाचनको बेलामा मात्र नभएर अन्य समयमा सीमा क्षेत्रबाट हुनसक्ने विभिन्न आपराधिक गतिबिधि रोक्नका लागि हरेक महिनामा दुई–तीन पटकसम्म यसरी संयुक्त गस्ति गरिँदै आएपनि मंसिर ४ को निर्बाचनलाई लक्षित गरी दुबै देशका सुरक्षा निकायको संयुक्त गस्ती निर्वाचन अवधीसम्म गरिने दुबै देशका अधिकारीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंसिर ४ मा बाँके १ बाट उदाउदै सुर्य

१ मंसिर २०७९, बिहीबार १३:५५
कोहलपुर (बाँके) :  आगामी मंसिर ४ गतेको निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं. १ का मतदातो प्रतिनिधि सभामा नयाँ अनुहार खोजेको बताएका छन । यस क्षेत्रबाट विगतमा चुनाव जितेका अधिकांश व्यक्तिहरू प्रतिस्पर्धामा रहे पनि मतदाताको रोजाइ भने नयाँ अनुहार खोजेको उनीहरुको भनाई छ । क्षेत्रनं. १ को चुनावी प्रतिष्पर्धामा सत्ता गठबन्धनका […]