सदरलाइनडटकम,
नेपालगञ्ज : भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको विद्युतीय सामानसहित सुर्तिजन्य पदार्थ बाँकेमा बरामद गरिएको छ । बिओपी जयसपुरबाट सशस्त्र प्रहरी निरीक्षक नरबहादुर सुनुवार राईको नेतृत्वमा गएको टोलीले मंगलवार राती १ लाख मूल्य बराबरको बरामद गरेको हो ।
सशस्त्र प्रहरीले विद्युतीय सामग्रीमा १० थान मोबाइल सेट, ३२ थान मोबाइलको चार्जर, ७ थान सानो वुफर, घडी १ थान, डाटा केबल ठुलो ७ थान र डाटा केबल सानो ९ थान बरामद गरेको हो ।
यस्तै सुपरपावर सुर्ती २ सय ९५ पोका र बिडी १ सय ९० बन्डल बरामद गरिएको छ । बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
