नरैनापुरमा गाउँस्तरीय क्रिकेट प्रतियोगिता शुरु

३ बैशाख २०७५, सोमबार १७:२५
 

सदरलाइनडटकम
३ बैशाख, नेपालगन्ज  : बाँकेको नरैनापुर गाउँपालिकाको महत्नियामा सोमबारदेखि गाउँस्तरीय क्रिकेट प्रतियोगिता शुरु भएको छ । युवा तथा खेलकुद व्यवस्थापन समिति कट्कुइँयाको आयोजना एवम् नरैनापुर गाउँपालिकाको आर्थिक सहयोगमा महत्नियास्थित खलिफा रंगशालामा शुरु भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शाहले खेलले नै विभिन्न जातजाति, धर्म, सम्प्रदायलाई जोड्ने भएकाले यस्ता खाले प्रतियोगिताले सामाजिक सद्भाव र मेलमिलाप बढाउन भूमिका खेल्ने बताए उनले खेलको विकासका लागि तल्लीन युवाहरुलाई गाउँगाउँमा गएर शिक्षाका लागि चेतना फैलाउन आग्रह गरे । अध्यक्ष शाहले खेलकुदका लागि आफ्ना बालबालिकालाई प्रेरित गरिरहेका अभिभावकलाई शिक्षा दिन पनि त्यत्तिकै जिम्मेवार बन्न आह्वान गरे ।


  शिक्षाले नै नरैनापुरको मुहार फेर्ने भन्दै उनले सबै अभिभावकलाई आफ्ना बालबच्चा विद्यालय पठाउन आग्रह गरे । खेलकुदको विकासका लागि आफूले हरसम्भव पर्यत्न गर्ने अध्यक्ष शाहले बताए । खेल मैदानको विकास र स्तरोन्नति गर्ने प्रतिबद्धता पनि उनले जनाए ।
जेठ ३ गतेसम्म चल्ने प्रतियोगितामा नरैनापुर गाउँपालिकाका विभिन्न ५ गाउँका ५ टिम सहभागी छन् । टि–ट्वान्टि फम्र्याटमा खेलाइने प्रतियोगितामा बनिया गाउँ, महत्निया गाउँ, कट्कुइयाँ, मझरेटी र सुइया गाउँ सहभागी रहेको स्थानीय साहजाद अलि ज्वलाहले बताए । प्रत्येक बर्ष आयोजना हुने यो प्रतियोगितालाई यस पटक गाउँपालिकाले डेढ लाख रुपैयाँ आर्थिक सहयोग गरेकोछ । प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार र द्वितिय हुनेलाई २० हजार रुपैयाँ बराबरका विभिन्न सामग्री प्रदान गरिने आयोजक युवा तथा खेलकुद व्यवस्थापन समितिका अध्यक्ष रमजान अलि अन्सारीले बताए ।

Next Post

उद्घाटन खेलमा जिसान बांँके ब्लास्टर विजयी

३ बैशाख २०७५, सोमबार १७:२५
सदरलाइनडटकम ३ बैशाख, कोहलपुर (बाँके) : कोहलपुरको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदनमा ‘नेपालगन्ज कप’ क्रिकेट प्रतियोगिता सोमवारबाट सुरु भएको छ । पुर्व युवा तथा खेलकुदमन्त्री तथा नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले व्याटिङ्ग र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा तेन्डी शेर्पाले बलिङ्ग तथा मनमोहन मेमोरियल क्रिकेट सेन्टरका संयोजक ठाकुर गैरेले विकेट […]