मंसिर ४ मा बाँके १ बाट उदाउदै सुर्य

सदरलाइन संवाददाता १ मंसिर २०७९, बिहीबार १७:३७
 

कोहलपुर (बाँके) :  आगामी मंसिर ४ गतेको निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं. १ का मतदातो प्रतिनिधि सभामा नयाँ अनुहार खोजेको बताएका छन । यस क्षेत्रबाट विगतमा चुनाव जितेका अधिकांश व्यक्तिहरू प्रतिस्पर्धामा रहे पनि मतदाताको रोजाइ भने नयाँ अनुहार खोजेको उनीहरुको भनाई छ ।

क्षेत्रनं. १ को चुनावी प्रतिष्पर्धामा सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता वहालवाला युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज भन्दा एमाले उम्मेदवार सूर्य ढकाललाई बाँके क्षेत्र नं. १ का जनताले रुचाएको ढकालको प्रचार सचिवालयले जनाएको छ ।

अघिल्लोचोटी गहतराजलाई भोट दिएर जिताएर पठाएपछि क्षेत्रको विकास र आफ्नोको वास्ता नगरेको र निर्वाचन क्षेत्र आउँदा पनि आफू निकटका कार्यकर्ताहरूबीच घेरिएर बस्ने गरेको कारण गहतराज प्रति मतदाताहरू रुष्ठ रहेको बताउँछन् ।

‘चुनाव जित्नुभयो, मन्त्री हुनुभयो तर यो क्षेत्रको वास्ता गर्नुभएन,’ राप्तीसोनारी गाउँपालिका– ४ का एक स्थानीयले भने, ‘कहिलेकाहीँ निर्वाचन क्षेत्र आउँदा पनि निकटका स्थानीय कार्यकर्ताहरूबीच घेरिएर बस्नुभयो । हामी आममतदातासँग कहिल्यै कुनै विषयमा भेटघाट र छलफल गर्नुभएन ।’

यसअघि २०७४ को निर्वाचनमा गहतराजलाई जिताउन खटिएका एमाले केन्द्रीय सदस्य ढकाल अहिले राप्रपासँगको चुनावी तालमेलमा गहतराजलाई चुनौती दिदै छन् । बाँके निर्वाचन क्षेत्र नं. १ का मतदाताको रोजाई नयाँ अनुहार हुने गरेको छ । मतदाताहरुले हरेक निर्वाचनमा नयाँ अनुहारलाई चुन्ने गरेका छन् ।


‘यस क्षेत्रबाट विगतमा चुनाव जितेका अधिकांश व्यक्तिहरू प्रतिस्पर्धामा रहे पनि मतदाताको रोजाइ भने नयाँ अनुहार भएको पाइयो । यहाँका नागरिकले नयाँ अनुहारलाई रोजेको र विश्वास गरेको देखिएको छ । नागरिकले व्यक्ति मात्रै होइन, पटक पटक पार्टीसमेत नयाँ र फरक खोज्दै आएको पाईएको छ ।’ नागरिक अगुवा डिलबहादुर परियारले भने ।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट विजयी गहतराजको दोहोरिने चाहनामा एमालेका युवा नेता ढकाल बाधक बन्दै पहिलो प्रयासमै नयाँ इतिहास रच्ने योजनामा छन् । हालसम्मको कुनै पनि निर्वाचनमा सो क्षेत्रबाट एक पटक विजयी भएका उम्मेदवार अर्को निर्वाचनमा दोहोरिएको इतिहास छैन । एमाले–राप्रपा तालमेलका साझा उम्मेदवार ढकालले बाँके क्षेत्र नं. १ का जनतामा चारैतिर परिवर्तनको लहर चलेकोले यसपटक आफु जितको नजिक रहेको दावी गर्छन । ‘दुई जना सशक्त उम्मेदवार मध्ये म बलियो र विजय नजिक छु ।’,उनले भने–‘यहाँका जनताले काम नगर्ने व्यक्तिलाई बोकेर हिँड्दैनन । ’

राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा नेकपा एमालेको संगठन राम्रो रहेको छ । राप्रपासँग तालमेल भएकोले सत्ता गठबन्धनभन्दा युवा नेता ढकालको निर्वाचन माहोल दैनिक रुपमा बलियो हुँदै गएको छ । यो निर्वाचन क्षेत्रमा एउटै व्यक्ति अपवाद वाहेक दोहोरिएर निर्वाचन जितेका छैनन् ।

विगतमा २०४८ मा नेपाली कांग्रेसबाट सैयद मैराज अहमद शाह, २०५१ र २०५४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमबहादुर भण्डारी, २०५६ मा नेपाली कांग्रेसबाट ज्ञानु केसी, २०६४ मा नेकपा माओवादीबाट तिलक परियार, २०७० मा नेकपा एमालेबाट देवराज भार र २०७४ मा नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रको गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का महेश्वरजङ्ग गहतराज निर्वाचित भएका छन् ।

ढकालका प्रतिष्पर्धी उम्मेदवार गहतराजले आफूले गत पाँच वर्षमा जितेर गएपछि जनताका लागि काम नगरेको आफ्नो परिवार र नातावादमा फसेको यहाँका मतदाताको आरोप छ । गहतराजलाई गठबन्धन दल नेपाली कांग्रेसको भर रहेको छ ।

यो निर्वाचन क्षेत्रमा पर्ने कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिका स्थानीय तह निर्वाचनमा कांग्रेस विजयी भएको छ भने नरैनापुरमा जनता समाजवादी पार्टी निर्वाचित भएको छ । राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा नेकपा एमालेको संगठन राम्रो रहेको छ । यी दुई स्थानीय तहका ९ वडामा एमालेले जीत हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आठौं नेपालगञ्ज म्याराथन विजेतालाई डेढलाख नगद हाफ म्याराथनतर्फ ६० हजार

१ मंसिर २०७९, बिहीबार १७:३७
नेपालगञ्ज : नेपालगञ्जमा आगामी मंसिर २४ गते आयोजना हुने आठौं नेपालगञ्ज म्याराथनको विजेताले एक लाख पचास हजार नगदबाट पुरस्कृत गर्ने भएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सले बिहिवार सो नगद पुरस्कारको घोषणा गरेको हो । म्याराथनको अफिसियल होटल सोल्टी वेष्टन्ड प्रिमियरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवं नेपालगञ्ज म्याराथनका […]

सम्बन्धित