माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

सदरलाइन संवाददाता २६ पुष २०७८, सोमबार १२:३९
 

नेपालगञ्ज : शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमवार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

आइतवार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सिफारिस गरिएको छ ।


विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी सञ्चालन, परीक्षा केन्द्रमा मास्क र सेनिटाइजरको प्रयोग र भौतिक दूरीको प्रावधान कडाइका साथ परिपालना गराउने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जमुनाहा नाकामा खटिएका दुई स्वास्थ्यकर्मीमा कोरोना

२६ पुष २०७८, सोमबार १२:३९
नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाका हेल्थ डेक्समा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । एकजना ल्यावमा कार्यरत कर्मचारी र अर्का पारामेडिक्स कर्मचारीमा भाइरस संक्रमण पुष्टि भएको हो । हेल्थ डेस्कमा खटिएका कर्मचारीमा भाइरस संक्रमण देखिन थालेपछि स्वास्थ्यकर्मीको अभाव भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले […]