शासक रोज्ने कि विकास : इश्तियाक राई

सदरलाइन संवाददाता २६ कार्तिक २०७९, शनिबार १६:५४
 

नेपालगञ्ज : जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले राज्यसँग लिएका अधिकार रक्षाका लागि आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन् ।

आर्य सेवा समाजले शनिवार नेपालगञ्जमा आयोजना गरेको चुनावी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो संघर्षबाट प्राप्त उपलब्धीलाई जोगाउनका लागि यसपालिको मतदान निकै महत्वपूरण रहेको बताए ।

‘अहिले हामी जेजति भएका छौं । जसरी हामीले राज्यका निर्णायक तहमा सहभागी हुने अवसर पाएका छौं ती सब हामीले गरेको मधेस आन्दोलनका उपलब्धी हुन’ उनले भने ‘एकथरि छन् हाम्रा यी उपलब्धीहरूलाई फेरि मेटाउनका लागि अहिले चुनावमा खडा भएका छन् । जसले हामीलाई फेरि उही दास बनाउन चाहन्छन् र आफू राजाको हैसियतमा रहन खोजिरहेका छन् ।’

उनले समाजमा फेरि विभाजन ल्याउन र सामाजिक सद्भाव खलब्ल्याउने खालका मुद्दाहरू उठाएर प्रतिस्पर्धीहरूले मतदातालाई म्रमित पार्न खोजेको भन्दै त्यस्ता भ्रमका पछि नलाग्न पनि मतदातालाई सम्झाए ।

हरेक निर्वाचनले उम्मेदवारको मात्रै नभएर मतदाताको समेत विवेकको परीक्षा लिने भन्दै राईले यो निर्वाचनमा कस्ता उम्मेदवारलाई जिताउने निर्णय जनताकै हातमा रहेको पनि बताए ।


‘यो तपाईं हामी सबैको विवेकको परीक्षा पनि हो। यो निर्वाचनको परीक्षामा हामीलाई कुनै पनि भुल गर्न छुट छैन’ उनले भने ‘हामीले सही विवेक गर्न भुल्यौं भने त्यसको परिणाम हामीले मात्रै होइन फेरि हाम्रा कैयौं पुस्ताले भुक्तान गर्नुपर्नेछ । पहिलो त हाम्रा अधिकारहरू फेरि खोसिने छन् । र फेरि हामीमाथि शासन गर्नेहरू राजा हुनेछन्। अनि यहाँको विकास पनि वर्षौं पछि धकेलिने छ ।’

आर्य सेवा समाजका उपाध्यक्ष स्वामीदयाल कनोजियाको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले कैयौं दलित समुदायलाई राज्यले अझै सूचितकृत नगरेको भन्दै त्यसका लागि पहल गरिदिन उम्मेदवार राईसँग आग्रह गरेका थिए ।

जवाफमा उम्मेदवार राईले आफू राज्यबाट पछि पारिएका यस्तै समुदायको पहिचान र अधिकारका लागि लडिरहेको भन्दै त्यसका लागि राज्यसँग फेरि पनि आवाज उठाउने बताए ।

‘मैले त्यही हाम्रो पहिचान र अधिकार फेरि नखोसियोस् र अझ हामीले पाउनेपर्ने अधिकारहरूका लागि लड्न नै भोट मागिरहेको छु’ उनले भने ‘आफ्ना वर्ग र समुदायको पहिचानमाथि हाम्रा पुस्ताले गर्व गर्नसक्ने र यहाँको समग्र विकासका लागि यसपालि हामीलाई भोट दिनुहोस् भनिरहेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेको पदभार

२६ कार्तिक २०७९, शनिबार १६:५४
कोहलपुर (बाँके) :  राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेको नव निर्वाचित कार्यसमितिलाई पदभार ग्रहण गरिएको छ । शनिबार बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार मञ्च नेपालका केन्द्रीय अध्यक्ष गोपालप्रसाद घिमिरेले कार्यसमितिलाई पदभार ग्रहण गराएका हुन् । राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेको कात्तिक […]

सम्बन्धित