चप्परगौडी–घुईयावारी सडक उम्मेदवार ढकालको प्राथमिकतामा

सदरलाइन संवाददाता १२ कार्तिक २०७९, शनिबार १३:२९
 

नेपालगञ्ज : बाँके क्षेत्र नं. १ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार सूर्य ढकालले खड्कवार–घुईयावारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माणलाई प्राथमिकता दिएका छन् ।

२०१५ सालदेखि नै यस सडकको वारेमा चुनावी नारा बन्ने गरे पनि यसपटक नेकपा एमालेले यो सडक निर्माणको एजेण्डालाई प्राथमिकतामा पारेको हो । कोहलपुर नगरपालिका वडा नं. १२ र १३ लगायत कोहलपुरलाई आर्थिक तथा सामाजिक रुपले सवल बनाउन कोहलपुर–चपरगौंडी–खडकवार–घुइयावारी हँुदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग बनाउन जरुरी रहेको बाँके क्षेत्र नं. १ प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार सूर्य ढकालले बताए ।

‘‘यो सडक निर्माणले बाँके र सल्यानका जनताको आर्थिक जीवनस्तर उठाउन कोशेढुङ्गा सावित हुनेछ । सल्यान, सुर्खेत, प्युठान र रोल्पासम्म पुग्न छोटो र कम खर्चमा यात्रा गर्न सकिने यो सडक हाम्रो प्राथमिकतामा छ’,उम्मेदवार ढकालले भने,‘यो सडक सञ्चालन गर्न सके पहाडको उत्पादन तराई र बाँकेको उत्पादन सल्यान लगायतका स्थानहरुमा पुर्याउन सकिन्छ ।’

चुरे, भावर, समथर भू–भाग, मठमन्दिर,राष्ट्रिय निकुञ्ज, आदि यही बाटोमा पर्ने भएकोले पर्यटकीय हिसावले पनि यो बाटो महत्वपूर्ण छ । यो मार्ग बनाउनको लागि लामो समयदेखि कुरा उठ्दै आएपनि अहिले मूर्तरुप लिने गरी आफूले प्राथमिकता दिएको उम्मेदवार ढकालले बताए ।


कोहलपुर–चपरगौंडी–खडकवार–घुइयावारी हँुदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माण भए कोहलपुरको दुर्गम भेगका रुपमा रहेको वडा नं. १२ र १३ का ग्रामिण गाउँवस्ती सडक सञ्जालसँग जोडिने उनको भनाई छ ।

यो सडक निर्माणको लागि पहल गर्न दुई बर्ष अगाडिदेखि वडा नम्वर १२ र १३ का जनताको संयुक्त पहलमा ढकालको संयोजकत्वमा सङ्घर्ष समिति बनाएपछि अहिले पहिलो चरणको काम हुँदैछ । सङ्घर्ष समितिको पहलमा यो सडकलाई बाँके राष्ट्रिय निकुञ्जको नियामवलीमा “निकुञ्जको अतिआवश्यक कालोपत्रे वाटो” उल्लेख भएको छ भने लुम्बिनी र कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा “दुई प्रदेशको रणनीतिक महत्वको बाटो” उल्लेख भएको छ ।

चुनावी प्रचारको क्रममा शनिवार कोहलपुर नगरपालिका १२ का गाउँवस्तीमा पुग्नु भएका उम्मेदवार ढकालले चपरगौडी–घुईवारी सडक निर्माण गरेरै छोड्ने बताए ।

चुनावी प्रचार अभियानमा प्रदेशसभा ख का उम्मेदवार दुर्गाप्रसाद चौधरी, प्रदेशसभा सदस्य समानुपातिक उम्मेदवार बसन्ती अधिकारी, निर्मला सुनार लगायतले विकास र समृद्धिका लागि नेकपा एमालेको पक्षमा मतदान गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छठ पर्वको दोस्रो दिन शनिवार खरना मनाईंदै

१२ कार्तिक २०७९, शनिबार १३:२९
नेपालगञ्ज : सूर्य भगवान एवम् दिनानाथको पूजाआजा गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदैछ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खिर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ । दिनभर उपवास बसेका छठ व्रतालुले आज साँझ नियम निष्ठाकासाथ खिर बनाएर आफू ग्रहण […]