राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेको पदभार

सदरलाइन संवाददाता २६ कार्तिक २०७९, शनिबार १७:४१
 

कोहलपुर (बाँके) :  राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेको नव निर्वाचित कार्यसमितिलाई पदभार ग्रहण गरिएको छ ।

शनिबार बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार मञ्च नेपालका केन्द्रीय अध्यक्ष गोपालप्रसाद घिमिरेले कार्यसमितिलाई पदभार ग्रहण गराएका हुन् ।


राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेको कात्तिक १७ गतेको भेलाले रामबहादुर मल्लको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको थियो भने संस्थापक सदस्य र साधारण सदस्य गरी १८ जना रहेका छन् ।

कार्यसमितिको उपाध्यक्षमा अञ्जना पाण्डे, सचिवमा एकराज शर्मा, सह—सचिवमा राजन कँडेल र कोषाध्यक्षमा शिवध्वज शाही छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका मतदान अधिकृत र सहायक अधिकृतलाई मतदान केन्द्र व्यवस्थापन तालिम

२६ कार्तिक २०७९, शनिबार १७:४१
नेपालगञ्ज : आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनको लागि बाँकेका मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई मतदान केन्द्र व्यवस्थापन पुनरताजगी तालिम सुरु भएको छ । सो तालिमको उद्घाटन गर्दै जिल्ला मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश धनसिंह महराले जिल्लाका सबै मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा […]