बाँके–बर्दियाका म्यादी प्रहरीलाई सेनाद्वारा विष्फोटक पदार्थ पहिचान तथा जोखिम बारे प्रशिक्षण

सदरलाइन संवाददाता २४ कार्तिक २०७९, बिहीबार १६:०९
 

 

नेपालगञ्ज :  आसन्न मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरी नेपाली सेनाको बज्रदल गण राँझा व्यारेकको आयोजना तथा कालिबक्स गण (ई) सुर्खेतको प्राविधिक टोलीले बाँके र बर्दियामा निर्वाचनमा खटिने प्रहरी तथा म्यादी प्रहरीलाई विष्फोटक पदार्थ पहिचान तथा जोखिम ( माईन रिक्स एजुकेशन) बारे प्रशिक्षण गरिएको छ ।

आगामी मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरी नेपाली सेनाको बज्रदल गण राँझाको आयोजनामा काली बक्स गण (ई) सुर्खेतको प्राविधिक टोलीले बाँके र बर्दियामा खासगरी निर्वाचनको बेला विभिन्न मतदान केन्द्र तथा स्थलहरुमा खटिने प्रहरी तथा म्यादी प्रहरीहरुलाई लक्षित गरी माईन (विष्फोटक पदार्थ) जोखिम शिक्षा उपलब्ध गराईएको हो ।

निर्वाचनलाई अबरोध पुराउने उदेश्यले राखिएका शंकास्पद बस्तुको पहिचान गरी त्यसबाट पुग्न सक्ने क्षतिको जानकारी गराउदै आफु कसरी जोगिने र र मतदातालाई कसरी जोगाउने बारे जानकारी गराईएको नेपाली सेनाको बज्रदल गण राँझाका सेनानी प्रविण थापाले जानकारी दिए ।


उनले यस्तो खालको प्रशिक्षण कक्षा बाँके र बर्दियाका विभन्न ६ स्थानमा सञ्चालन गरिएको बताए । जिल्लाका सबै मतदान केन्द्रमा खटिने म्यादी प्रहरीहरु फन्टलाईनमा रहने र कुनै पनि शंकास्पद बस्तु पहिला उनीहरुलाई जानकारी हुनसक्ने भएकोले निर्वाचन सुरक्षालाई व्यवस्थित बनाउन यो तालिम फलदायी हुने अपेक्षा गरिएको छ ।

माईन (विष्फोटक पदार्थ) जोखिम शिक्षा काली बक्स गण (ई) सुर्खेतबाट सहसेनानी हिराबहादुर श्रेष्ठको कामण्डमा खटिएको टोलीले प्रक्षिण दिदै आएको छ । नेपाली सेनाले नागरिकलाई माईन (विष्फोटक पदार्थ) जोखिम शिक्षाको कक्षा समेत सञ्चालन गर्दै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले नेता मुमबहादुरमाथि खुकुरी प्रहार

२४ कार्तिक २०७९, बिहीबार १६:०९
नेपालगञ्ज : अज्ञात समुहले खजुरा गाउँपालिका २, बलैगाउँका मुमबहादुर ओलीमाथि खुकुरी प्रहार गरि घाइते बनाएको छ । खुकुरी प्रहारबाट घाइते भएका ओली प्रदेससभा अन्तरगत बाँके क्षेत्र नं. ३ (ख) का एमाले–राप्रपा गठबन्धनका उम्मेदवार भीम ओलीका सहोदर भाई हुन् । बिहीवार रातको मध्यान्ह १२ बजेतिर घरमा सुतिरहेका भाई मुमबहादुरमाथि अज्ञात समूहले […]