डीपीएलमा काठमाण्डौको लगातार दोस्रो जीत

१ फाल्गुन २०७५, बुधबार १४:४४
 

सदरलाइनडटकम,
कैलाली : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा काठमाण्डौ गोल्डेन्सले लगातार दोस्रो जित निकालेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बुधवार भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई ७ रनले हराउँदै काठमाण्डौले लगातार दोस्रो जित हासिल गरेको हो ।
काठमाण्डौले दिएको १३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको महेन्द्रनगरले निर्धाति २० ओभरमा ८ विकेट गुमाएर १२७ रनमात्र बनाउन सक्यो । महेन्द्रनगरका लागि अमरसिंह रौटेलाले अविजित २८ रन जोडे । यस्तै, कप्तान शरद भेषावकरले २३ रन जोड्दा आरिफ शेखले १८ रन बनाए । काठमाण्डौका राशिद खानले ३ तथा अंकित दबासले २ विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १३४ रन बनाएको थियो । काठमाण्डौका लागि अंकित दुबासले अविजित रहँदै ६५ रनको अर्धशतकीय इनिङ्स खेले । दबासले ५५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै, योगेन्द्रसिंह कार्की २२ रनमा अविजित रहे । बलिङतर्फ महेन्द्रनगरका अमरसिंह रौटेलाले २ विकेट लिँदा मोहम्मद नाभिद, सागर ढकाल र अविनाश बोहराले १र१ विकेट झारे । जीतसँगै काठमाण्डौले २ खेलबाट ४ अंक जोडेको छ । लगातार दुई खेल हारेको महेन्द्रनगरले अंकको खाता खोल्न सकेको छैन ।

Next Post

खजुराको गाउँसभा आजपनि स्थगित

१ फाल्गुन २०७५, बुधबार १४:४४
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिकाको चौथो गाउँसभा बुधवार पनि स्थगित गरिएको छ । बुधवार बसेको गाउँसभाले फागुन ८ गते विहान ११ बजेसम्का लागि बैठक स्थगित गरेको हो । गाउँसभामा राखिएको प्रमुख प्रस्ताव गाउँपालिका कहाँ राख्ने र व्यवस्थित खेल मैदान कुनस्थानमा बनाउने भन्नेमा सहमति जुट्न नसकेपछि फागुन ८ गतेका लागि […]