नेपालगञ्जमा बुधवारदेखि ‘दशैं सस्तो बजार’ सञ्चालन

२४ आश्विन २०७५, बुधबार १७:२८
 

सदरलाइनडटकम,
यदुराज मिश्र/नेपालगञ्ज : 
हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैंका अवसरमा बुधवारदेखि नेपालगञ्जमा ‘दशैं सस्तो बजार’ सञ्चालन गरिएको छ । नेपाली ग्राहकलाई सस्तो मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउे उद्देश्यले नेपालगञ्ज वितरक संघको आयोजनामा ‘दशैं सस्तो बजार’ सञ्चालन गरिएको हो ।
दशैंका अवसरमा ग्राकहकलाई खाद्यलगायत अन्य सामानमा थोरै भएपनि सहुलियत दिएर दशैं मनाउने वातावरण बनाई दिने उद्देश्यले यो बजार सञ्चालन गरिएको संघका अध्यक्ष अमितकुमार बस्नेतले बताए ।
सचेतना नभएका कारण नेपाली उपभोक्ता सस्तोको नाममा भारतीय ब्यापारीबाट ठगिँदै आएको मदिरा व्यावसायी संघ बाँकेका महासचिव मिमबहादुर सिँहको भनाई छ । भारतीय बजारमा नेपाली ग्राहकहरु अखाद्यय बस्तुका साथै तौलमा समेत ठगिँदै आएको जिरिक गर्दै उनले दशैं सस्तो बजारमा ग्राहकलाई सस्तोमा सामान उपलब्ध गराउने मात्र नभई नेपाली उपभोक्तामा जागरुकता फैलाउने काम समेत गरेको बताए ।


अन्य दिनमा उपभोक्तालाई केहि दिन नसकेपनि दशैंका अवसरमा कोसेलीका रुपमा खाद्यन्नलगायत अन्य दैनिक उपभोग्य सामानमा केहि सहुलियत दिएर दशैं मनाउने बातावरण बनाउन नेपालगञ्ज उद्योग बाणिज्य संघले ‘दशैं सस्तो बजार’का लागि प्रवद्र्धन गरेको नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव अजयकुमार टण्डनले जानकारी दिए ।


Next Post

बाँकेका विभिन्न तीन ठाँउबाट ३० ग्राम ४सय मिलिग्राम ब्राउन सुगरसहित चार पक्राउ

२४ आश्विन २०७५, बुधबार १७:२८
सदरलाइनडटकम  नेपालगञ्ज : प्रहरीले बाँकेका विभिन्न तीन ठाँउबाट ३० ग्राम ४ सय मिलिग्राम प्रतिबन्धित ब्राउन सुगरसहित ४ जनालाई नियन्त्रणमा लिन सफल भएको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटेको टोलीले सो प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित चारजनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको हो । जिल्ला […]