गोरेको भाई दुबईमा पक्राउ

३१ असार २०७५, आईतवार १९:११
 

काठमाडौं – ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेति ‘गोरे’का भाई रमेश उप्रेति दुवइ प्रहरीको नियन्त्रणमा रहेका छन्।

नेपाल प्रहरीले उनको हुलिया पठाइ दुवइ प्रहरीसँग पक्राउका लागि अनुरोध गरी पठाएपछि उनलाई दुवइ प्रहरीले नियन्त्रणमा लिएको हो ।


३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारले अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय छानवीन टोलीले उनी विरुद्ध मोरङ जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो।

मोरङ जिल्ला अदालतले उनलाई फरार अभियुक्तको सुचीमा राखेपछि नेपाल प्रहरीले दुबई प्रहरीलाई पक्राउका लागि पत्रचार गरेको थियो । उनलाई नेपाल ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ । ‘केही प्रकृया बाकी छ कानुनी प्रकृया पूरा भएपछि उनलाई दुवइ सरकारले डिपोर्ट गर्नेछ ’, प्रहरी स्रोतले भन्यो।

उप्रेतीविरुद्ध अन्तराष्ट्रिय प्रहरी अपराध संगठन(इन्टरपोल)ले रेड नोटिस जारी गरेको थियो । सो प्रकरणमा उप्रेतीसहित ४ जनाविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरेको छ । जसमा मोहन अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्काविरुद्ध रेड कर्नर नोटिस जारी भएको हो । खड्का पनि दुवइमै भएको प्रहरीले दावी गरेको छ।

Next Post

बाह्र क्विन्टल शंखेकीरा संकलन

३१ असार २०७५, आईतवार १९:११
सल्यान, सल्यानको एउटै गाउँमा १२ क्विन्टल शंखेकीरा संकलन गरिएको छ । जिल्लाको शारदा नगरपालिका–६ बरलामा एउटै गाउँमा १२ क्विन्टल चार किलो शंखेकीरा संकलन गरिएको हो । जाइन्ट अफ्रिकन स्नेल अर्थात् ठूलो आकारको शंखेकीराले किसानले लगाएको तरकारीबाली, धानबाली, मकैबाली आदिमा क्षति पुर्‍याउन थालेपछि स्थानीय सरकारको पहलमा बरलाको करीब २० देखि २५ […]