अचेत भेटिएका थुनुवाको अवस्था चिन्ताजनक

१४ भाद्र २०७५, बिहीबार १९:१०
 

सदरलाइनडटकम,
नेपालगन्ज : प्रहरीको थुनामा रहेका स्वतन्त्र मधेश गठबन्धनका एक जना कार्यकता अचेत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाको थुनुवा कक्षमा रहेका नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ पिप्रहवाका राममनोहर यादव बिहीवार अचेत भेटिएका हुन् । उनको भेरी अञ्चल अस्पतालमा उपचार भईरहेको तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलायन्स) उप प्रादेशिक कार्यालय नेपालगन्जका प्रमुख आलम खानले बताए ।
उपप्रधानमन्त्री एंव स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा बर्दियाको गुलरियामा यादवसहित ४ जना पक्राउ परेका थिए । उनीहरु स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता रहेको प्रहरीको भनाई छ । यादवको जिल्ला अस्पताल गुलरियामा उपचार सम्भाव नभएपछि थप उपचारका लागि नेपालगन्ज ल्याइएको हो ।
भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डाक्टर प्रकाश थापाले यादवको अवस्था चिन्ताजनक रहेको भन्दै आईसीयूमा भर्ना गर्नुका साथै एमआरआई गर्नुपर्ने बताएका छन् । रक्तचापका कारण यस्तो समस्या भएको हुनसक्ने बताउँदै डाक्टर थापाले यादवको अवस्था चिन्ताजनक रहेको बताए ।
थुनुवाको स्वास्थ्य अवस्थाको प्रहरीले ख्याल नगरेको भन्दै थर्ड एलायन्सका प्रमुख खानले उनीहरुको स्वास्थ्यप्रति गम्भीर हुन सम्बन्धित पक्षसँग अपील गरे ।

Next Post

बाँकेबाट राणा र चौधरी भए नगरपालिका संघका केन्द्रीय सदस्य

१४ भाद्र २०७५, बिहीबार १९:१०
सदरलाइनडटकम काठमाण्डौं  : काठमाण्डौमा सम्पन्न नेपाल नगरपालिका संघको छैठौं राष्ट्रिय अधिवेशनबाट बाँकेका दुई जना केन्द्रीय समितिमा निर्वाचित हुन सफल भएका छन् । नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख धवल शम्शेर राणा र कोहलपुर नगरपालिकाका उप प्रमुख सञ्जुकुमारी चौधरी नगरपालिका संघ नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । काठमाण्डौमा सम्पन्न नगरपालिका संघको छैठौं राष्ट्रिय […]

सम्बन्धित