बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

सदरलाइन संवाददाता २४ कार्तिक २०७९, बिहीबार १२:५४
 

नेपालगञ्ज : बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर बिहान ५ बजेर १३ मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।


यसअघि डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर मङ्गलवार राति तीन पटकसम्म भूकम्प गएको थियो । भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा ६ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङका २० मतदानस्थल अतिसंवेदनशिल

२४ कार्तिक २०७९, बिहीबार १२:५४
नेपालगञ्ज : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङमा एक सय ५३ मतदानस्थल रहेका छन् । जिल्लाका एक सय ५३ मतदानस्थल मध्य २० मतदानस्थल अतिसंवेदनशील रहेको निर्वाचन सुरक्षा समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । प्रजिअ रेग्मीका अनुसार जिल्लाको ग्रामीण बस्तीमा […]