सदरलाइनडटकम,
गुल्मी : गुल्मीको इस्मा गाउँपालिका ३ तोरीपाटाका चिन्ताबहादुर सार्कीको गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रवार राति आगलागी हुँदा परिचय खुल्न नसकेका एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक रबीन्द्रबहादुर खड्काले बताए ।
गोठमा चिन्ताबहादुरका परिवारका कोही पनि नसुतेकाले शव कसको हो भन्ने बारे खुल्न नसकेको उनले जानकारी दिए । घटनाको इलाका प्रहरी कार्यालय पुर्कोट दहले थप अनुसन्धान गरिरहेको छ । आगलागीका कारण गोठमा रहेका भैंसी र गोरु समेत जलेर घाइते भएका छन् ।
