सबैलाई न्याय हुने गरी काम गर्छु : उम्मेदवार राणा

सदरलाइन संवाददाता २१ कार्तिक २०७९, सोमबार १५:४३
 

नेपालगञ्ज : नेपाली कांगे्रससहित पाँच दलिय गठबन्धनबाट बाँके, क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार सुदिप नरसिंह राणा आफूले गर्ने हरेक विकास निर्माणका काम सबै वर्गका जनताका लागि न्यायसम्मत हुने बताएका छन् ।

जनप्रतिनिधी सधैं जनमुखी हुनपर्नेमा जोड दिँदै उनले जनप्रतिनिधीले गर्ने काम न्यायसम्मत हुनुपर्ने बताए । नेपालगञ्जमा सोमबार जी नेपाल एचडी टेलिभिजनले क्षेत्र नम्बर २ उम्मेदवारसँग गरेको कार्यक्रममा राणाले जनमुखी विचारलाई जोड दिएका हुन् ।


‘निर्वाचनमा कसले भोट देलान्, कसले भोट नदेलान्, तर एउटा जनप्रतिनिधीको हैसियतले ठाउँमा पुगिसकेपछि सबैलाई न्याय सम्मत हुने गरी कुनैपनि काम, कुनैपनि त्रियाकलाप, कुनैपनि सेवा जनताको भावना र मर्म अनुसार गर्नुपर्छ भन्ने मेरो सोच छ, राणले भने ।

एकैपटक विकास र परिवर्तन नहुने भन्दै उनले विकास र परिवर्तनका कुराहरु समयसँगै हुने बताए । उनले अगाडी भने, ‘यो समय क्रमसँगै हुने कुरा हो, तर हामीले कस्तो विकास चाहेका छौं, भनेर योजनाबद्ध भएर जानु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अग्रहरीको चुनावी माहोल बलियो हुँदै

२१ कार्तिक २०७९, सोमबार १५:४३
नेपालगञ्ज : बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका विनोद अग्रहरीको चुनावी माहोल बलियो हुदै गएको छ । आइतवार मात्र राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछानेले नेपालगञ्ज आएर अग्रहरीको पक्षमा मत दिन मतदातालाई आग्रह गरेपछि माहोल झनै राम्रो बनेको जिल्ला सभापति लक्ष्मी तिवारीले बताइन् । रवि […]