सुर्खेतमा सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

सदरलाइन संवाददाता २३ असार २०७९, बिहीबार १३:३७
 

सुर्खेत : सवारी ज्यान मुद्दामा फरार रहेका एक जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३२ को नर बहादुर दमाई रहेका छन् ।

उनलाई कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, दमाईलाई बिशेष सूचनाको आधारमा उक्त खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगर पालिका वडा नं. ४ स्थितबाट पक्राउ गरेको हो ।


उनीमाथि सवारी ज्यान मुद्धामा सुर्खेत जिल्ला अदालतको फैसला आदेशले ३२ हजार जरिवाना र ३ बर्ष कैद सजाय तोकेको थियो । तर उनी हालसम्म फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ गरी उनलाई सुर्खेत जिल्ला अदालतमा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पोस्ता दाना परीक्षणका लागि काठमाण्डौ पठाइयो

२३ असार २०७९, बिहीबार १३:३७
नेपालगञ्ज : भारतीय कन्टेनरमा फल्स बटन बनाएर अवैध रुपमा भारत लैजाँदै गरेको अफिमको बियाँ (पोस्ता दाना) परीक्षणका लागि काठमाण्डौ पठाइएको छ । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपानेले नेपालगन्जको प्रयोगशालाले अफिमको बियाँ उम्रिने वा नउम्रिने खालको भन्नेबारे पत्ता लगाउन नसकेपछि काठमाण्डौ पठाइएको बताए । प्रयोगशालाको रिपोर्ट आउँदै गर्दा […]