अग्रहरीको चुनावी माहोल बलियो हुँदै

सदरलाइन संवाददाता २१ कार्तिक २०७९, सोमबार १५:४९
 

नेपालगञ्ज : बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका विनोद अग्रहरीको चुनावी माहोल बलियो हुदै गएको छ । आइतवार मात्र राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछानेले नेपालगञ्ज आएर अग्रहरीको पक्षमा मत दिन मतदातालाई आग्रह गरेपछि माहोल झनै राम्रो बनेको जिल्ला सभापति लक्ष्मी तिवारीले बताइन् ।

रवि लामिछानेले जनताले यो पटक मत परिवर्तन गर्न आवश्यक रहेको भन्दै अग्रहरीको हात समाएर उम्मेदवार चिनाएका थिए । त्रिभुवन चोकमा केहि बेर अग्रहरीको प्रसन्सा गरेका रविले एक असल उम्मेदवार पार्टिले उठाएकाले कुनै संखा विनै मत दिन आग्रह गरेका थिए । रविको आगमन पछि अग्रहरीको चुनावी माहोल बनेको स्थानिय बताउँछन् ।

जनताको मत लिएर गएपछि काम नगरेको खण्डमा यहि चोकमा ल्याएर जनतालाई बुझाउने छु, रविले भने– त्यसपछि तपाईहरुले के गर्ने हो गर्नुहोला । घरदैलोलाई मुख्य प्राथमिकता दिएका अग्रहरीले दोहोर्याएर मतदाताको घरदैलोमा जाने योजनामा छन् ।


जनताले पनि नयाँ र केहि गर्न सक्ने उम्मेदवार खोजेको भएर यस पटक आफुलाई मतदाताले रोजाइमा पार्ने अग्रहरीले बताए । अग्रहरीको चुनावी प्रसारमा अग्रपंथीमा देखिने राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशका सदस्य निलराज अधिकारीले नयाँ पार्टि र नयाँ अनुहार मतदाताले खोजेकाले जित हासिल वगर्न धेरै तामझाम गर्न आवश्यक नरहेको बताए ।

बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका अग्रहरीले हालको परिस्थिती सुधार्न नै राजनितिमा आएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वतन्त्र उम्मेदवार शेषले चुनावी अभियान थप तीब्र बनाउँदै

२१ कार्तिक २०७९, सोमबार १५:४९
नेपालगञ्ज : बाँकेको क्षेत्र नंं. २ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार ईरफान अहमद शेषले चुनावी अभियान शहर र गाँउ क्षेत्र दुवैमा तीब्र बनाएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा चुनावी अभियानलाई तीब्र पारेका हुन् । बाँके जिल्लामै क्षेत्र नं. २ लाई […]

सम्बन्धित