साढे छ ग्राम ब्राउन सुगरसहित दाङ्गका दुई युवा प्रहरी फन्दामा

२६ कार्तिक २०७६, मंगलवार २०:०६
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  बाँके प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दाङ्गका दुई किशोरलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
प्रहरी निकट स्रोतले सदरलाइनडटकमलाई दिएको जानकारी अनुसार मंगलबार साँझ तिर घोराही–१५का २० वर्षिय आयुस न्यौपाने र घोराही–१३ का २६ वर्षिय कुलबहादुर बुढालाई ६ ग्राम ५ सय मिलि ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
भारतको रुपैडिहाबाट सो लागू औषध ल्याउदै गरेका न्यौपानेलाई लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र ईप्रका जमुनाहको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो ।
न्यौपानेलाई जुमनाहबाट सो लागू औषध लिएर आउन लगाई आफु पुष्पलाल चोकमा कुरेर बसेका बुढालाई न्यौपानेले दिएको जानकारीको आधारमा प्रहरीले नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई प्रारम्भिक अनुसंन्धान सहित आवश्यक कारवाहीको लागि बरामद लागू औषधमेत जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाईएको छ ।

Next Post

क्यानमा कुँवर समुहको सशक्त दाबेदारी

२६ कार्तिक २०७६, मंगलवार २०:०६
सदरलाइनडटकम, नेपालगञ्ज : कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान) को आगामी मंसिर ७ मा हुने १३ औं महाधिवेशनमा पहिलो पटक नेतृत्वको लागि मोफसलबाट दाबी गरीएको छ । सो महाधिवेशनमा क्यानको आगामी नेतृत्वको लागि बुटवलका नवराज कुँवरले प्यानलसहित उम्मेदवारी घोषणा गरेको छन् । क्यान महासंघको १३ औं केन्द्रीय महाविधेशन आगामी मंसिर ७ […]