एमालेबाट नगरप्रमुखमा मिश्रको उम्मेद्वारी

सदरलाइन संवाददाता १२ बैशाख २०७९, सोमबार १७:४४
 


नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकामा नेकपा एमालेका तर्फबाट नगरप्रमुख पदका लागि पशुपतिदयाल मिश्र र उप–प्रमुखमा शान्ति ढकालले उम्मेद्वारी दिएका छन् ।

नगर प्रमुख र उप–प्रमुखपद संगसगै २३ वटै वडाका वडाअध्यक्ष र सदस्य पदका उम्मेद्वारहरुले समेत उम्मेद्वारी दर्ता गरेका छन् ।


सोमबार दिउसो पार्टी कार्यालयबाट शक्ति प्रदर्शन सहित निस्केको र्यालीले नेपालगञ्ज स्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेद्वारी दर्ता गराएका हुन् ।

उम्मेद्वारी दिए लगत्तै कुरा गर्दै मिश्रले जनताले यस पटक आफुलाई निराश नबनाए आफुले पनि जनतालाई निरास नबनाउने प्रतिबद्धता जाहेर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अष्ट्रेलियाका कलेज प्रतिनिधिहरु नेपालगञ्जमा

१२ बैशाख २०७९, सोमबार १७:४४
नेपालगञ्ज : अष्ट्रेलियाका कलेज प्रतिनिधिहरु नेपालगञ्जमा पहिलो पटक शैक्षिक परामर्शमा सहभागी भएका छन् । उक्त शैक्षिक परामर्शको व्यवस्थापन सक्सेस एजुकेशनल कन्सल्टेन्सी नेपालगञ्जले गरेको हो । नेपालगञ्जमा गरिएको शैक्षिक परामर्शमा हस्पिटालिटी, इन्जिनियरिङ, विजनेश अकाउन्टिङ, हेल्थ नर्सिङ र आइटीलगायतको अध्ययनका लागि नेपाली विद्यार्थीहरु अष्ट्रलिया जान सकिने जानकारी प्रदान गरिएको थियो । तिनै […]