एमाले कोहलपुरका अध्यक्ष भुसालद्वारा मतदातालाई धन्यबाद ज्ञापन

सदरलाइन संवाददाता १० जेष्ठ २०७९, मंगलवार १६:२४
 

कोहलपुर (बाँके) : नेकपा एमाले कोहलपुर नगर कमिटीका अध्यक्ष एबं मेयरका प्रत्यासी खिलप्रसाद भुसालले निर्वाचनमा आफुलाई मत दिने मतदाता तथा शुभचिन्तक सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

उनले आफु भुमाफियाको बिरुद्धमा लागेर सेन्टर प्लाजा नजिकको जमिन उनीहरुको चंगुलबाट फुत्काउन सफल भएपछि भुमाफियाले आफुलाई चुनाबी दौरानमा अतिरञ्जित गरी प्रचार प्रसार गरेको आरोप लगाए ।

कोहलपुरको सेन्टर प्लाजा नजिक रहेको करिब १ सय २० कठ्ठा जग्गा भुमाफियाको अतिक्रमणबाट जोगाउन गरिएको प्रयासलाई सुकुम्बासीसंग जोडेर निर्वाचन जितेमा सुकुम्बासीका घर टहरा भत्काउन डोजर पठाउछ भन्दै अति रञ्जित प्रचार गरेको भुसालले मंगलबार कोहलपुरमा पत्रकार सम्मेलनमा बताएका हुन ।

उनले भने–‘भुमी ब्यबस्थापन बैज्ञानिक रुपमा हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको छ । तर, सुकुम्बासीको नाममा भुमाफिया र हुकुमबासीको चलखेल भएकाले सबै सचेत रहनु पर्ने आवश्यकता छ ।’ उनले भुमी किनबेचमा कर छलीको समस्या रहेको जमिन खण्डिकरण रोक्न नसकिएको र नक्शा समेत बैज्ञानिकिकरण हुन नसकेको प्रति इंगित गर्दै कोहलपुर कुरुप शहरको रुपमा अगाडि बढ्न खोजेको तर्फ औंल्याए ।


‘सामाजिक मान्यताहरु खण्डित भएका छन, स्थानीय सरकार दिगो विकास र रोजगारी श्रृजनामा पछि परेको छ तसर्थ नगरपालिका भित्र गरिने गलत एजेण्डा र गलत निर्णयमा राजनीतिक रुपमा एमाललेले सर्मथन गर्न नसक्ने तर, जिम्मेवार प्रतिपक्षको भुमिकामा रचनात्मक सहयोग गर्ने भुमिका रहेन छ’–उनले भने ।

निर्वाचनको बेलामा भेगिय, जातिय हिसाबले राजनीति गरिनु र उत्पत्तिका हिसाबले निर्बाचित हुने परीपाटी मौलाउदै गए सामाजिक न्याय र मानबअधिकारको समेत हनन भइ स्थानीय जनताले अपेक्षाकृत विकासमा फडको मार्न नसक्ने बताउदै नगर अध्यक्ष भुसालले आफुलाइ अमुल्य मत दिने तमाम जनसमुदाय प्रति अफु सदैब कृतघ्न हुने बताए ।

निर्वाचनमा हारजित लोकतन्त्रको सुन्दर पक्ष रहेको चर्चा गरेका भुसालले कोहलपुर अथाहा संभाबना भएको शाहर भएको तर, यहा चुनौतीका पहाड समेत उत्तिकै रहेको बताए ।

कोहलपुरमा सुकुम्बासी समस्या निकै जटिल भएको अतिक्रमणले तिब्रता पाएकाले अब्यबस्थित बसोबासको ब्यबस्थापन गर्दै अतिक्रण भए हटाउने र बास्तबिक सुकुम्बासी भए पुर्नउत्थानको पहल गरिनुपर्ने आजको टडकारो भएको औंल्याए ।

कोहलपुर हरेक हिसाबले ट्रान्जिट प्वाइन्ट भएकाले औधोगिक क्षेत्र स्थापना, सिटिहल लगाएत अन्य आर्थिक गतिबिधिहरु हुने परीयोजना ल्याइ विकासमा भएको सुस्त गतिलाई द्रुत गराउनु पर्ने उनको कथन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज–१८ मा वडाध्यक्ष वर्माले गरे दोस्रो कार्यकालको पदभार

१० जेष्ठ २०७९, मंगलवार १६:२४
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरमा आफ्नो वडाका विकास निर्माणमा उत्कृष्ठ कार्य गरेर पहिलो कार्याकालयमा विकासप्रेमी वडा अध्यक्षको रुपमा चर्चामा बटुलेका नेपालगञ्ज–१८ का वडा अध्यक्ष दिपक वर्माले दोश्रो कार्यकालको पदभार ग्रहण गरेका छन् । नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष वर्माले मंगलबार पदभार ग्रहणपछि दुईवटा महत्वपूर्ण निर्णय गरेका छन् । वडा कार्यालयले आगामी […]