जिल्ला समीक्षा बैठक बाँकेका जनप्रतिनिधिको प्राथामिकता बाहिर

लक्ष्मी तिमिल्सेना १६ भाद्र २०७८, बुधबार २०:३४
 

नेपालगञ्ज : बाँके जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले जिल्लाको बार्षिक समिक्षा बैठकमा सम्बन्धित सरोकारवालाहरुको न्युन उपस्थिति खेदजनक रहेको बताएका छन् । जिल्ला समन्वय समिति बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको बार्षिक समिक्षा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘समिक्षाको अख्तियारी केन्द्रले नै पठाउछ । यसमा सबै स्थानीय तहका प्रमुख तथा उप–प्रमुखहरु, पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरु संसदिय क्षेत्रका सांसदहरु, प्रतिनिधि सभाका समानुपातिक सांसदहरु, प्रदेस सभाका समानुपातिक तथा निर्वाचित सांसदहरुको उपस्थिति अनिवार्य तोकिएको विषय हो । तर, जिल्लाको समिक्षा जस्तो महत्वपुर्ण कार्यक्रम छोडेर यहाँका सांसदहरु मन्त्री बन्ने दौडमा रहनुभएको छ । अनि कसरी हाम्रो ठाउँको विकास हुन्छ’– श्रीवास्तवले भने, ‘यस्तो अशोभनिय कार्यको निन्दा मात्रै होईन म भत्सर्ना गर्छु ।’

बाँकेका सबै स्थानीय तहमा सम्पन्न भएको विकास निर्माणको अवस्थाको बारेमा वार्षिक समिक्षा गर्न आयोजना गरिएको सो समीक्षा बैठकमा जनप्रतिनिधि नै उपस्थिति नभएपछि उनले सो आक्रोश पोखेका हुन ।


जिल्ला समन्वय समिति बाँकेको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा बाँकेका आठवटा स्थानीय तह र जिल्ला समन्वय समितिले आर्थिक वर्ष २०७७÷०७८ मा सम्पन्न गरेका योजना तथा विकास निर्माणको अवस्थाको बारेमा प्रस्तुती गरिएको थियो ।

समीक्षा कार्यक्रममा कोहलपुर नगरपालिकाबाट लेखा अधिकृत सुदिप सिंह सुनार, नरैनापुरका योजना अधिकृत विजयकुमार यादव, बैजनाथका लेखा अधिकृत पूर्णप्रसाद जैशी, राप्ती सोनारीका प्रमुख प्रशाशकिय अधिकृत लोकबहादुर शाही, डुडुवाका प्रमुख प्रशाशकिय परशुराम उपाध्याय, खजुराका प्रमुख प्रशाशकिय अधिकृत मणिराम खराल, नेपालगन्ज उपमहानगरका लेखा अधिकृत राजन कुमार केसी र जानकीका प्रमुख प्रशाशकिय अधिकृत बसबहादुर राना तथा जिल्ला समन्वय समिति बाँकेका लेखा अधिकृत सिमा ज्ञवालीले आ–आफ्नो पालिकाको कार्यप्रगति र अवस्थाको बारेमा प्रस्तुती गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका सहसंयोजक ज्ञानेन्द्र कुमार चौधरी, कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत, खजुरा गाउपालिका अध्यक्ष, उपाध्याक्ष, रोप्तीसोनारी गाउपालिका, जानकी गाउपालिकाका उपाध्यक्षको मात्र उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश उपचार सम्बन्धित तालिम

१६ भाद्र २०७८, बुधबार २०:३४
नेपालगञ्ज  :  सर्पदंशका विरामीको मृत्यु दर घटाउने उदेश्यले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लक्षित गरी नेपालगञ्मा आयोजना गरिएको तीन दिने सर्पदंश व्यवस्थापन तालिम सम्पन्न भएको छ । स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको आयोजना तथा फेरमेडको सहयोगमा भेरी अस्पताल परिसरमा सञ्चालन गरिएको सो तालिममा २० जना सहभागि रहेको भेरी अस्पतालका एनेस्थेसिया विभागका डा. […]