कोहलपुरमा प्रचार सामग्री हटाउने अभियान तीब्र

सदरलाइन संवाददाता ३ कार्तिक २०७९, बिहीबार १४:४०
 

कोहलपुर (बाँके) : कोहलपुर नगर प्रहरीले नगरपालिका क्षेत्रमा अनधिकृतरुपमा राखिएका प्रचार सामग्री हटाउने अभियानलाई आक्रामक बनाएको छ । नगरपालिकासँग स्वीकृत विना बजार क्षेत्रलाई नै कुरुप बनाउने गरि राखिएका त्यस्ता प्रचार सामग्रीविरुद्ध नगर प्रहरी हर्कतमा आएको हो ।

नगर प्रहरीले आफ्नो जिम्मेवारी सम्हालेपछि हालसम्म करिव पाँच सय फ्ल्यास बोर्ड र होर्डिङ बोर्ड हटाइसकेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए ।


विज्ञापन प्रयोजनका लागि अनधिकृतरुपमा राखिएका त्यस्ता प्रचार सामाग्री हटाएर सम्बन्धित निकायलाई कारवाहीको दायरामा समेत ल्याउन थालिएको छ । अनधिकृतरुपमा आफ्नो प्रचार सामग्री राखेको पाइएपछि सिभिल बैंकलाई कारवाहीको दायरामा ल्याइएको प्रहरी प्रमुख थापाले बताए ।

नगर प्रहरीको नियन्त्रणमा रहेका फ्ल्यास बोर्ड र होर्डिङ बोर्ड जरिवाना तिराएर सम्वन्धित निकायलाई बुझाउने गरिएको थापाको भनाइ छ । नगरपालिकाको स्वीकृति विना प्रचार सामग्री राखिए विज्ञापन नियमन ऐन २०७६ अनुसार कारवाही गरिने थापाले चेतावनी दिए । कोहलपुर बजारदेखि पार्वतीपुर, रोहिणी खोला र मदनचोक क्षेत्रभित्रका अधिकांश प्रचार सामग्री हटाइएको थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

८ जनाको मृत्यु भएपछि मष्टा गाउँपालिकामा शोक विदा

३ कार्तिक २०७९, बिहीबार १४:४०
नेपालगञ्ज : जीप दुर्घटनामा परेर पालिकाभित्रका आठजनाको मृत्यु भएको शोकमा बझाङको मष्टा गाउँपालिकाले बिहीवार शोक विदा दिएको छ । मष्टा गाउँपालिका कार्यालय, वडा कार्यालय तथा गाउँपालिका मातहतका कार्यालयमा बिहीबार शोक विदा दिइएको निमित प्रमुख प्रशासकीय अधिकृत पृथुराज जोशीले जानकारी दिए । बुधवार दिउँसो मष्टा गाउँपालिका वडा नं १ तुफानडाँडामा सुपप्र […]