काँक्रेबिहार यातायातद्वारा एयर एसी बस सञ्चालन

सदरलाइन संवाददाता १८ फाल्गुन २०७९, बिहीबार १३:२६
 

सुर्खेत : सुर्खेत काँक्रेबिहार यातायात प्रालिले नयाँ एयर स्सपेशन एसी बस सञ्चालनमा ल्याएको छ । यात्रुहरुको रोजाईँमा रहेको काँक्रेबिहार यातायातले तीन वटा नयाँ एसी बस थपेर यही फागुन १५ गतेदेखि सञ्चालनमा ल्याएको हो ।

सुर्खेत–काठमाण्डौ रुटमा चल्ने उक्त बसको नाम स्काई सेन्टर एयर एसी राखिएको यातायात प्रालिका अध्यक्ष रमेश कुमार सापकोटाले जानकारी दिए । उनले भने, ‘दुईवटा अर्थ लाग्ने गरेर स्काई नाम राखेका छौँ । स्काई भनेको आकाश, अर्को अर्थमा हाम्रो यातायातको नाम मिलाएर स्काई सेन्टर एयर एसी नाम राखिएको छ । यात्रुहरुको माग अनुसार हामीले तीन वटा बस सञ्चालनमा ल्याउन सफल भएका छौँ । अब आउने दशैंमा थप दुई वटा यस्तै खालको बस थप्ने तयारी रहेको छ ।’

यस्तै, यो बसको एसी अन्य बसहरुको भन्दा फरक रहेको छ । अन्य एयर बसको सिटको माथी भएको लाईटहरुबाट नै एसीको हावा आउने र त्यो यात्रुको टाउँकोमा पर्ने हुन्छ । भने यो बसको एसी सेन्टरमा अर्थात सिलिङमा राखिएको र जसको हावा सिधैँ टाउँकोमा नपर्ने विशेष्ता रहेको अध्यक्ष सापकोटाले बताए ।


उनका अनुसार बस भित्र हवाईजहाजको जस्तै सामान झोलाहरु राख्ने र्याकहरुमा ढोका भएको, खोल्न मिल्ने सिसा, साथै सोफा टाईपको ४० वटा सिट यस बसमा रहेका छन् ।

पश्चिम नेपाल मै यो एसी बस नयाँ भएको काँक्रेबिहार यातायात प्रालिले जनाएको छ ।

यस्तै, अध्यक्ष सापकोटाले सुर्खेतमा संयुक्त यातायात व्यवसायी रुपमा बसहरु सञ्चालन भएका कारणले प्रत्येक दिन सेवा दिनमा केही समस्या भएको बताए । उनले भने, ‘यात्रु महानुभावहरुमा यो बस प्रतिको माग बढ्दै गएको छ । यो गाडीमा यात्रा गर्नुभएको यात्रुहरुले सुर्खेत–काठमाडौँ जादाँ आउँदा पनि यहीँ गाडी खोज्दै आउँनु भएको छ । र रिर्जवका लागि पनि माग बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतबाट ल्याइएको अवैध सामान बरामद

१८ फाल्गुन २०७९, बिहीबार १३:२६
बर्दिया : भारतबाट लुकाइछिपाई ल्याएको अवैध सामान लोड गरेको गाडीसहित दुई जना पक्राउ परेका छन् । भारतबाट ल्याएको सामान राजश्व छलेर भित्र्याइएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मधुवन नगरपालिका ८ का २८ वर्षीय हरि चौधरी र सोही ठाउँका २७ वर्षीय मुकेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, […]