नरैनापुर (बाँके) : बाँकेको नरैनापुरका बाढी प्रभावित जनतासँग माओवादी केन्द्रकी युवा नेतृ तथा निवर्तमान प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले भेटघाट तथा छलफल गरेकी छिन् ।
उनी लगातारको वर्षातको कारण डुवानमा परेको नरैनापुरका सबै वडामा पुगेर बाढी प्रभावित तथा स्थानीयसँग छलफल गर्नुको साथै बाढी पीडितको उद्दार, राहत र व्यवस्थापनमा विषेश चासोको साथमा नरैनापुर पुगेकी हुन । सत्ता गठबन्धन दलबाट आसन्न मंसिर ४ गते हुन गइरहेको चुनावमा नमुना बाँके क्षेत्र नम्बर १ (क) बाट लुम्बिनी प्रदेश सभा सदस्यको उम्मेदवार बनेकी छन् ।
बाढी पीडितको उद्दार, राहत र व्यवस्थापनमा खटिएको अवस्थामा प्रदेश सभा सदस्य पदको उम्मेदवारको लागि उनको टिकट पाएकी थिइन् । नमुनाले अहिले बाढी प्रभावितको घरदैलोमा पुगेर उनीहरुका गुनासा तथा पीडाहरु सुनेर समाधानको समेत पहल गर्दै आइरहेकी छन् ।
स्थानीयहरुका समस्या सुनेपछि उनले राप्ती नदीको बाढीको समस्या हल गर्नको लागि ठूलो लगानीमा बाँध बन्न थालेको जानकारी गराएकी थिइन् । छलफलका क्रममा नमुनाले बाढीबाट पीडितलाई क्षणिक राहत दिनुभन्दा प्रभावकारी तटबन्ध गरेर समस्या समाधान गर्नतर्फ आफु केन्द्रित रहेको बताइन् ।
स्थानीयहरुले समेत अहिलेसम्म कुनै पनि नेताहरु आफुहरु कहाँ नआएको भन्दै पहिलोपटक नमुना आएको भन्दै धन्यवाद दिएका थिए । ‘अहिलेसम्म हाम्रा समस्या सुन्न कोही पनि आएका थिएनन’ स्थानीय उमा मुकेरीले भनिन्, ‘पहिले पनि तपाई हाम्रो घरदैलोमा आइरहनुहुन्थ्यो । अहिले बाढी आएको बेला आउनुभएको छ । तपाईलाई हाम्रो तर्फबाट धन्यावाद दिन चाहान्छौं ।’
स्थानीयहरुले नमुनाले अग्रिम विजयको शुभकामना समेत दिएका थिए । पहिलोपटक प्रदेश सांसद भएको बेला नमुनाले नरैनापुरमा बर्षौदेखि नपुगेको पक्की सडक र बिजुली पु¥याएकी थिइन् ।