नेपालगञ्जमा जसपाको प्रचार कार्यालयहरू खुल्दै

सदरलाइन संवाददाता २९ आश्विन २०७९, शनिबार ०८:४८
 

नेपालगञ्ज  : आगामी मंसिर ४ लक्षित चुनाव प्रचार प्रसारलाई तीव्रता दिने उद्देश्यले जनता समाजवादी पार्टी बाँकेले निर्वाचन क्षेत्रहरूमा चुनाव प्रचार प्रसार समितिको सम्पर्क कार्यालयहरू खोलेको छ ।

शुक्रबार बाँके क्षेत्र नं २ अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाका वडान. १२ को बेलासपुर, वडान ४ को घोसीटोल, वडान. ७ को पिपल चौतारा, वडा न.७ कै एमपी स्कुल र वडा न. ५ को भट्टाटोलमा प्रचार प्रसार सम्पर्क कार्यालयहरू खोलिएको जसपा बाँकेले जनाएको छ ।


कार्यालय उद्घाटन कार्यक्रममा बाँके क्षेत्र नं २ जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राई, प्रदेश सभा सदस्य पदका उम्मेदवार आदेश अग्रवाल, पार्टीका नेताहरु अतहर हुसेन फारुकी, बुद्विसागर सुवेदी, अरुण सिंह लगायतको उपस्थितिरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिभा बनिन् प्रहरी निरिक्षक र अचर्ना प्रधानाध्यापक

२९ आश्विन २०७९, शनिबार ०८:४८
बर्दिया :  दसौं अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा ‘अब हाम्रो पालो, हाम्रो अधिकार हाम्रो भविष्य’ नारा सहित विभिन्न स्थानको नेतृत्व किशोरीहरुले सम्हाल्न पुगेका छन । यसक्रममा बारबर्दिया नगरपालिका वडानं ३ की बालिका अर्चना चौधरीले एक दिनका लागि नेरामावि बेलुवाबज्या विद्यालयको प्रधानाध्यापको भुमिका सम्हालेकी छन्, भने तथा सोहि वडामा रहेको ईलाका प्रहरी […]