सदरलाइनडटकम,
नेपालगञ्ज : प्रेस संगठन बाँकेको प्रथम पुर्णकालीन बैठक शुक्रबार नेपालगञ्जमा सम्पन्न भएको छ ।
सो बैठकले कोरोना भाइरस संक्रमण हुन नदिन सचेत र सजग भइ काम गर्न सम्पूर्ण संचारकर्मीमा अपील गरेको छ ।
बैठकले पत्रकार खगेन्द्र दाहाल र रामु ओलीलाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित समेत गरेको जनाईएको छ ।
प्रेस संगठन बाँकेका संयोजक डक्टप्रसाद धितालको अध्यक्षतामा बसेको बैठकमा संगठनका आगामी रणनीति र सचिवालय गठनका सम्बन्धमा समेत छलफल भएको संगठनका सह–संयोजक हेमन्त विकले जानकारी दिए ।