प्रतिभा बनिन् प्रहरी निरिक्षक र अचर्ना प्रधानाध्यापक

सदरलाइन संवाददाता २९ आश्विन २०७९, शनिबार ०९:०८
 

बर्दिया :  दसौं अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा ‘अब हाम्रो पालो, हाम्रो अधिकार हाम्रो भविष्य’ नारा सहित विभिन्न स्थानको नेतृत्व किशोरीहरुले सम्हाल्न पुगेका छन ।

यसक्रममा बारबर्दिया नगरपालिका वडानं ३ की बालिका अर्चना चौधरीले एक दिनका लागि नेरामावि बेलुवाबज्या विद्यालयको प्रधानाध्यापको भुमिका सम्हालेकी छन्, भने तथा सोहि वडामा रहेको ईलाका प्रहरी चौकी बनियाभार रामपुरको प्रहरी निरिक्षकको भुमिकामा प्रतिभा थारुले सम्हान्न पुगिन ।

प्लान ईन्टरनेशनल नेपाल, सामाजिक सचेतन सरोकार मंच स्याक, बि ग्रुप, बाँके युनेस्को क्लबको साझेदारीमा आयोजित कार्यक्रममा ईलाका प्रहरी चौकी बनियाभार रामपुरको प्रहरी निरिक्षक हरिहर खड्काले अन्तराष्ट्रिय बालिका दिवशको रुपमा मनाउन गइरहेको ‘गल्स टेक ओभर’को अबसरमा कार्यालय प्रमुख जिम्मेवारी बालिकालाई हस्तान्त्रण गर्न पाउदा आर्फु हर्षित भएको बताए ।

उनले इलाका भित्र हुने कुनै पनि घटनाहरुमा युवा महिला बालबालिकाहरुको अबसर तथा आवाजलाई सुनवाइ हुने खालका कामहरु यस इलाकाले गरिरहेको र आगामी दिनमा यस दिवसको अबसरमा प्राप्त भएको ज्ञापन पत्रलाई आत्मसाथ गरि कार्यान्वयनका लागि प्रतिबद्धता जनाए ।


सोही अबसरमा नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको प्रधानाध्यापकको भुमिकामा अर्चना चौधरीले पदभार सम्हालिन । प्लान इन्टरनेशनल नेपाल र उनका साझेदार सस्थाहरुले शैक्षिक गुणस्तिर सुधार गर्न र बालिकाहरुको नियमित विद्यालयमा सहभागिताका लागि गरिएका कृयाकलाप सान्र्दभिक तथा उपलब्धी मुलक भएको छ ।

गत मंगलबारदेखि ‘अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य’ भन्ने मुलनारा सहित देशभर ११ औं अन्तर्राष्ट्रिय बालिका दिवस मनाइएको छ । प्लान इन्टरनेसनलको स्टेट अफ द वल्र्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका किशोरी र युवा महिलाहरु स्थानीय र राष्ट्रिय दुवै तहमा राजनीतिक सहभागिताको लागि इच्छुक रहेको देखाएको छ ।

सर्वेक्षणमा भाग लिएका मध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ । रिपोर्ट २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरी २९ हजार किशोरी तथा महिला माझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् । किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी (इक्वेल पावर नाउ) भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजीनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

को हुन बिनोद अग्रहरी ? किन दिए उम्मेदवारी ?

२९ आश्विन २०७९, शनिबार ०९:०८
बिनोद अग्रहरी बाँके बर्दियामा एक सफल दुरसन्चार उद्यमीका रुपमा परिचित छन् । उनको दुरसन्चार सन्जालमा विभिन्न इन्टरनेट सेवा प्रदायकहरुले भाडामा लिएर सेवा प्रवाह गर्छन् । सुपर भिजन नामको उनको आफ्नै टेलिभिजन सेवा प्रदायक कम्पनी छ । नेपालगञ्जमा पहिलोपटक अप्टिकल फाइबर लाइन भित्र्याउने व्यवसायीसमेत रहेका विनोद अग्रहरीको व्यवसायले उनलाई दाम र […]