मानवअधिकार संरक्षणबारे समुदाय र प्रहरी विच छलफल

सदरलाइन संवाददाता ६ मंसिर २०७८, सोमबार १४:१८
 

नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिकामा मानव अधिकार संरक्षण तथा सामाजिक विकृति विंसगतिविरुद्ध पालिकास्तरीय समुदाय र प्रहरी विच छलफल गरिएको छ ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालयको नेपालगञ्ज, सिसु, जिल्ला प्रहरी कार्यालय बाँके, नेपाल पत्रकार महासंघ बाँके, डिसिए परियोजना बाँकेको आयोजनामा छलफल कार्यक्रम गरिएको हो ।

कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जका प्रमुख भोला महतले मानव अधिकारका क्षेत्रमा सुधारका सवाल र समाजिक विकृति विंसगतिविरुद्ध समाजको भूमिका महत्व रहेको बताए ।


बाँकेका एसपी श्यामकृष्ण अधिकारीले प्रहरी र समाजविचको दुरी घट्न आवश्यक रहेको बताए । उनले प्रहरी र नागरिकको सम्बन्ध मजबुद भए समाजमा मानव अधिकार र न्यायिक कार्य सम्पादनमा सहज हुने जिकिर गरे ।

बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले मानव अधिकार समय अनुकूल आधारभूत आवश्यकता अनुसार परिमार्जन हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सोमवार आठ जनामा कोरोना पुष्टि

६ मंसिर २०७८, सोमबार १४:१८
नेपालगञ्ज : बाँकेमा सोमवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६६ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको प्रयोगशालामा ३५ नमुना परीक्षण गर्दा ६ जना, मेडिकल कलेज कोहलपुरमा १८ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्याबमा […]