कोहलपुरमा विद्यालय भवनको उदघाटन

सदरलाइन संवाददाता २६ फाल्गुन २०७९, शुक्रबार १५:५५
 

कोहलपुर (बांँके) : बांँकेको कोहलपुर २ प्रेमनगरमा रहेको शिबशक्ति आधारभूत विद्यालयको नव निर्मित चार कोठे भवनको उदघाटन तथा चमेनागृहको शिलान्यास गरिएको छ । विद्यालयले आयोजना गरेको एक कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले सो भवनको उदघाटन तथा चमेनागृहको शिलन्यास गरेका हुन् ।

१६ लाख ७० हजार कोहलपुर नगरपालिका एबं संघिय सरकारको ५८ लाख लागतमा २५० मिटर पर्खाल सहितको भवन निर्माण भईसकेको साथै चमेना गृह तयार हुने अनुमान गरिएको छ । २ लाख ५० हजार कोहलपुर नगरपालिका र २ लाख ५० हजार वडा नं. २ को कार्यालयको साझेदारीबाट चमेना गृह निमार्णको कार्य शुभारम्भ हुन लागेको बिद्यालयले जनाएको छ ।

कोहलपुर नगरपालिका नगर प्रमुख पुर्ण प्रसाद आचार्यको प्रमुख आथित्यता सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौडेल, नेपाल रेडक्रस सोसाईटी कोहलपुरका उपशाखा सभापति दिनेश सिग्देल, बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरका पुर्व सभापति प्रकाश सिग्देल, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद वि.क.,वडा नं. २ का वडाअध्यक्ष अध्यक्ष हरी कठायत,वडा सदस्य बासमती बि.क, नि.बर्तमान अध्यक्ष कर्ण सिंह बि.सी उपस्थित कार्यक्रमको अध्यक्षता विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष विरेन्द कुमार बस्नेतले गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक बद्रिनाथ सापकोटाले गरेका थिए ।


कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति देखि स्थानीय अधिकांस नेता कार्यकर्ताहरुलाई आतिथ्यता ग्रहण गराएका सञ्चालक तथा विद्यालयका प्रधानाध्यापक बद्रिनाथ सापकोटाले स्थानिय अन्य दलका नेताहरुको नाम सम्म उच्चारण गरेनन भने नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरला सुबेदी, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा कार्यक्रममा उपस्थित रहदा रहदै प्रोटोकल बिहिन केहि युटुवरलाई र एक जना पछिल्लो पुस्ताको पत्रकारलाई मात्र आतिथ्यता दिएर अन्य अग्रज पत्रकारहरुलाई सामुहिक आतिथ्यता ग्रहण गर्न भन्दै अपमानको शैलि अपनाएका थिए ।

आस्थाकै आधारमा बिभेदको निती लिएको भन्दै केहि पत्रकारहरु कार्यक्रम छोडेर बाहिरीएका थिए । यस्ता सार्बजनिक कार्यक्रम जस्तो गरिमाको बिषयलाई प्रधानाध्यापकले समेत मिलाउन नसक्दा यस्ताबाट कलिला वालवालिकाहरुले के शिक्षा पाउलान एक पत्रकारले प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लायन्स क्लव ईन्टरनेशनल डिष्टिक ३२५ एनको पहिलो राष्ट्रिय अधिवेशन धनगढीमा सुरु

२६ फाल्गुन २०७९, शुक्रबार १५:५५
धनगढी : लायन्स क्लव ईन्टरनेशनल डिष्टिक ३२५ एनको पहिलो राष्ट्रिय अधिवेशन सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शनिबारदेखि सुरु भएको छ । पहिलो पटक डिष्टक विभाजन पछि हुन लागेको सो राष्ट्रिय अधिवेशनमा डिष्टिकका १ सय ३३ क्लबबाट करिव ५ सय लायन्स सदस्य सहभागि रहेका छन् । क्लवका डिष्टिक गर्भनर लायन सिवि चन्दको […]