बर्दियामा २ सयभन्दा बढी घर डुबानमा

सदरलाइन संवाददाता २३ आश्विन २०७९, आईतवार १४:२३
 

बर्दिया : तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण बर्दियामा २ सयभन्दा बढी घर डुबानमा परेका छन् ।

पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर, महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न छन् । अविरल वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो । गत मंगलवार साँझदेखि परेको अविरल वर्षाले गर्दा नेपालीको महान् चाड बडादशैँ पनि राम्रोसँग मनाउन नसकेको स्थानीय बासिन्दा बताउँछन् ।

बर्दियाको इन्द्रपुर गाउँपालिकाका विषराम ठाकुरले बस्ने घर डुबानमा परेकाले र बस्नका लागि अहिले समस्या भइरहेको बताए । त्यस्तै अर्की स्थानीय बालकुमारी बुढाक्षेत्रीले मानवीय क्षति नभए पनि गाउँमा घरहरू र खेतबारी भने बगाएको बताए। उनले घरहरू डुबानमा परेको र घरभित्र पानीले जमेकाले बस्न सक्ने अवस्था नरहेको बताए ।


आज दिउँसो लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । आइतवार राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आइतवार राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन विभागले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा उम्मेदवारी दर्ताको यस्तो छ अवस्था (फोटो सहित)

२३ आश्विन २०७९, आईतवार १४:२३
नेपालगञ्ज  : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले देशभर उम्मेदवार मनोनयन दाखिला गर्ने समय तालिका अनुसार बाँकेमा पनि दलहरु र स्वतन्त्रले भारी वर्षा र डुवानका वीच उम्मेदवारी दर्ता गराएका छन् । बाँकेमा यसपालीको निर्वाचनमा भाग लिन नयाँ पार्टीका रुपमा नागरिक उन्मुक्ति […]