बाँकेमा उम्मेदवारी दर्ताको यस्तो छ अवस्था (फोटो सहित)

सदरलाइन संवाददाता २३ आश्विन २०७९, आईतवार १९:३०
 

नेपालगञ्ज  : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले देशभर उम्मेदवार मनोनयन दाखिला गर्ने समय तालिका अनुसार बाँकेमा पनि दलहरु र स्वतन्त्रले भारी वर्षा र डुवानका वीच उम्मेदवारी दर्ता गराएका छन् ।

बाँकेमा यसपालीको निर्वाचनमा भाग लिन नयाँ पार्टीका रुपमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पनि थपिएका छन् । त्यस्तै स्वतन्त्रबाट पनि उम्मेदवारी परेको छ । प्रतिनिधिसभा ३ र प्रदेश सभा ६ निर्वाचन क्षेत्र रहेको बाँकेमा क्षेत्र नं. १ को अगैयामा क्षेत्र नं. २ को नेपालगन्जको पशु तालिम केन्द्र र क्षेत्र नं. ३ को कपास विकास समिति खजुरामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर उम्मेदवारी दर्ताको काम अगाडि बढाइएको थियो ।

बाँकेमा संघिय मन्त्री दुईजनाले फरक–फरक निर्वाचन क्षेत्र र प्रदेश मन्त्रीले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्रनं १ मा काँग्रेस माओवादी गठबन्धनबाट माओवादी नेता तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक, क्षेत्र नं. २ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो. ईस्तियाक राई, र सोही क्षेत्रको ख मा लुम्बिनी प्रदेशका बन मन्त्री सुरेन्द्रबहादुर हमालले उम्मेदवारी दर्ता गराएका छन ।

लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य कृष्णा केसी नमुनाले बाँके क्षेत्रनं. १ क र आईपी खरेलले बाँके क्षेत्र नं. ३ क बाट उम्मेदवार दर्ता गराएका छन । उनीहरु दुबै काँग्रेस माओवादी गठबन्धनबाट पुरानै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका हुन भने विजयबहादुर यादवले भने एमालेबाट क्षेत्रनं. २ क बाट उम्मेदवारी दिएका छन् ।

बाँके निर्वाचन क्षेत्र नं. २ मा एमाले राप्रपा गठबन्धनबाट राप्रपा महामन्त्री डा धवलशम्शेर राणा, क्षेत्रनं. ३ बाट नेपाली काँग्रेस माओवादी गठबन्धनबाट किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका छन् ।


बाँके निर्वाचन क्षेत्र १ बाट एमालेबाट केन्द्रीय सदस्य समेत रहेका सूर्य ढकाल, नेपाली कांग्रेस विपीका तर्फबाट कुन्ति शर्मा, नेपाल मजदुर किसान पार्टीबाट नविन कुमार शाही, जनता समाजवादी पार्टीबाट रामकुमार यादव र नागरिक उन्मुक्ती पार्टीका सुरेश कुमार चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी बाँके क्षेत्र नं. २ मा जसपाका केन्द्रीय सचिव तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री राई, राप्रपा महामन्त्री डा राणा एमालेसंगको गठबन्धानमा, शिवसेना नेपालका दिवाकर शर्मा खनाल, नेपाली काँग्रेसका सुदिप नरसिंह राणा, स्वतन्त्र नागरिक पार्टीका बिनोद अग्रहरी, स्वतन्त्रमा शम्शुल हक राई लगायतले उम्मेदवारी दर्ता गराएका छन ।

यसैगरी बाँके निर्वाचन क्षेत्र नं. ३ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले उम्मेदवारी दर्ता गराए । एमालेका किस्मत कुमार कक्षपति, जसपाका नोयन्द्र धिताल लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

बाँकेमा कतै गठबन्धन देखिएको छ भने कतै गठबन्धन दलका नेताहरुले एक्लाएक्लै उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र र समाजवादी केन्द्रले कतै संयुक्त उम्मेदवारी दिएका छन् भने कतै आफ्नो पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले र राप्रपाले भने संयुक्तरुपामा उम्मेदवारी दिएका छन् । केन्द्रमा भएको तालमेल भन्दा बाहिर गएर बाँकेमा जनता समाजवादी एक्लै निर्वाचनमा होमिएको छ । सो पार्टीले बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार खडा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उत्तर प्रदेशका पुर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन

२३ आश्विन २०७९, आईतवार १९:३०
नेपालगञ्ज : भारतको उत्तर प्रदेश राज्यका पूर्व मुख्यमन्त्री एबम संघीय सरकारका पुर्व रक्षामन्त्री मुलायम सिंह यादवको ८२ वर्षको उमेरमा निधन भएको छ । हरियाणाको गुरुग्राममा रहेको मेदान्त अस्पतालमा उनको एक हप्ता अघिदेखि उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको सोमवार बिहान निधन भएको हो । स्व.यादव सन् १९८९ मा पहिलो […]

सम्बन्धित