जेठमा पनि जाडो छल्न आगो ताप्दै हुम्लावासी

सदरलाइन संवाददाता २३ जेष्ठ २०८०, मंगलवार १२:४८
 

हुम्ला : हिमाली जिल्ला हुम्लामा चिसोको कारण जेठको तेस्रो हप्ता लाग्दा पनि आगो तापेर कर्मचारीले कार्यालयमा बस्नु पर्ने बाध्यता आई लागेको छ । बिहानैबाट मौसममा खराबी आउँदा चिसो बढ्दा कार्यालयमा काम गर्न चिसोले नसकिने हुँदा आगो बालेर ताप्नु परेको हो ।

जिल्ला अदालतकी वैतनिक अधिवक्ता राजन चन्दका अनुसार कार्यालयमा काम गर्दा चिसो भएपछि कर्मचारी मिली कार्यालयमा आगो बालेर ताप्नु परेको हो । सिमकोट लगायत माथिल्लो हुम्लामा चिसो बढेर तापक्रम यति बेला शून्य डिग्री सेल्सियसमा झरेको छ । सोमबार बिहानैबाट मौसम बिग्रिएको र दिउँसोबाट पानी पर्न सुरु भएपछि आगो बालेर कर्मचारीलाई ताप्नु परेको हो । यो अवस्था मंगलवार पनि उस्तै रहेको छ ।


देशभर गर्मीले तातो हावा चलेर लु लाग्ने डर भई रहेका बेला हुम्लामा भने चिसोले गर्दा आगो ताप्नु पर्ने बाध्यता आई लागेको हो । सदरमुकाम सिमकोटमा पानी परि रहेको भए पनि अग्ला डाँडामा भने हिमपात भई रहेको छ । उनले कम्प्युटरमा काम गर्न नसकिने र दिनभर काम गरेर चिसो भएपछि आगो बालिएको बताइन् ।

बजार क्षेत्रमा पनि मानिसहरू बाक्ला कपडा लगाएर निस्की रहेका छन् । अन्यत्र पनि बाहिर आगो बालेर स्थानीयले तापी रहेका छन् । नाम्खा गाउँपालिकाका अग्ला क्षेत्रमा समेत हिमपात भई रहेका कारण त्यहाँ चिसो निक्कै बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जलेको अवस्थामा मृत भेटिए रविन्द्र रेग्मी

२३ जेष्ठ २०८०, मंगलवार १२:४८
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ निवासी रविन्द्र रेग्मीको रहस्यमय मृत्यु भएको छ । सोमवार दिउसो २ः३० बजेतिर घरबाट निस्किएका रेग्मीको मंगलवार बिहान पूर्वपश्चिम राजमार्गको ढकेरी क्षेत्रमा शब फेला परेको हो । ‘हामी घटनास्थलमै छौं, शब फेला परेको छ,’ बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले भने, ‘घटनाबारे गम्भीर […]