धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै

सदरलाइन संवाददाता ७ कार्तिक २०७९, सोमबार १३:५०
 

नेपालगञ्ज : यमपञ्चक अन्तर्गत सोमवार धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाईंदैछ ।

घरमा बिहानै सफा सुग्घर तथा गाईको गोबर एवम् रातोमाटोले लिपपोतसँगै दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, कोठा, कौसीमा सृङ्गार गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा र दिपावली गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ ।


लक्ष्मी पूजाका लागि आज बेलुका चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो बनाउने गरिन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।

आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । सोमवार बेलुका भैलोसमेत खेल्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा जसपा प्रवेश गर्नेहरू बढ्दै

७ कार्तिक २०७९, सोमबार १३:५०
नेपालगञ्ज : चुनाव नजिकिँदै जाँदा बाँकेमा जनता समाजवादी पार्टी प्रवेशको लहर बढ्दै गएको छ । सोमबार बिहान नेपालगञ्ज वडा नं ९ का युवाहरू जसपा प्रवेश गरेका छन् । विभिन्न पार्टी त्यागेर जसपामा प्रवेश गरेका उनीहरूलाई बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार तथा जसपा नेता मोहम्मद इश्तियाक राईले स्वागत गरेका […]