संस्कृत विश्वविद्यालयमा तालाबन्दी

२९ श्रावण २०७६, बुधबार १६:५७
 

सदरलाइनडटकम,
दाङ : नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१९ स्थित जनता विद्यापीठमा विद्यार्थीले ताला लगाएका छन् । आयुर्वेद उत्तर माध्यमा तेस्रो वर्षका विद्यार्थीले बुधबार विद्यापीठमा ताला लगाएका हुन् ।
नियमित पठनपाठन हुनुपर्ने, पुस्तकालयमा आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै तालाबन्दी गरिएको विद्यार्थीहरुले बताएका छन् । विद्यापीठमा पढाउन प्राध्यापकहरु नआउने गरेको भन्दै आफ्ना यी मागहरु सम्बोधन गर्ने गरी सहमति नहुँदासम्म ताला नखोल्नेसमेत विद्यार्थीहरुले बताएका छन् ।
विद्यापीठका प्राचार्य माधव अधिकारीका अनुसार उनीहरुका माग लगभग पूरा भएको र केही मागका विषयमा आपसी छलफलबाट टुङ्ग्याउने तयारीमा रहेको बताए । साथै विद्यार्थीलाई छलफलमा आउनसमेत आग्रह गरे ।

Next Post

मुख्यमन्त्री सहभागी कार्यक्रमस्थल नजिकै बिस्फोट

२९ श्रावण २०७६, बुधबार १६:५७
सदरलाइनडटकम, सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बुधवार बम विस्फोट भएको छ । कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभामा सम्बोधन गरिरहेको बेला कार्यक्रम स्थलनजिकै दुई पटक विस्फोट भएको हो । मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले कार्यक्रम स्थलभन्दा केही पर विस्फोटको आवाज सुनिएको जानकारी दिए । […]