बस्तीमा धमाधम बाटो निर्माण

२० चैत्र २०७४, मंगलवार १२:०३
 

सदरलाइनडटकम
२० चैत, नेपालगन्ज : नेपालगञ्जका मुख्य सडक तथा ढल÷नाला निर्माणको तिव्रता बढीरहेका बेला गरिव बस्तीमा समेत धमाधम बाटो निर्माण भइरहेको छ ।
नेपालगञ्ज उप–महानगरपालिका अन्तर्गत सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाई मार्फत कालिका जेडी्टएसजे जेभीले अहिले सडक, नाला निर्माणको काम गरिरहेको छ । एशियाली विकास वैंकको ऋण तथा अनुदान सहयोगमा परियोजना कार्यान्वयन इकाइमार्फत नगरमा ३६ किमी सडक तथा ४० कीमी नाला निर्माण भइरहेको छ । यस्तै परियोजनाको सामुदायिक विकास कार्यक्रम अन्तगर्त पनि नगरका २८ वटा वस्तीमा बाटो निर्माण गरिदैछ । परियोजनाका अनुसार गरिव बस्तीका १३ वटा बाटोमा पीसीसी निर्माण गरिसकिएको छ भने ७ वटा निर्माणाधिन रहेका छन् । यस्तै अन्य केही वस्तीमा भने पीसीसी निर्माणका लागि सम्झौता लगायतका प्रक्रिया भइरहेका छन् । ८० प्रतिशत सामुदायिक विकाय कार्यक्रम र २० प्रतिशत उपभोक्ताको सहभागितामा स्थानीय उपभोक्ता समितिमार्फत नै बाटो निर्माण गरिएको परियोजनाका टिम लिडर डा जनार्दन आचार्यले जानकारी दिए ।
परियोजनाका सामाजिक विज्ञ मदन झा काअनुसार–स्थानीयकै अग्रसरतामा साघुरा गल्लीलाई चौडा बनाउँदै बाटो निर्माण गरिएको हो । बाटो निर्माणसँगै शिक्षा, स्वास्थ्य, सरसफाई लगाएतका कार्यक्रम पनि सञ्चालन भइरहेको सामाजिक विज्ञ झाले जानकारी दिए ।
यसैवीच उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर नेतृत्वको एक टोलीले ति बाटोको स्थलगत अवलोकन तथा निरिक्षण गरेको छ । नेपालगञ्ज वडा २० जयसपुर, वडा न १५ पीप्रहवा, वडा ९ बाँके गाउँ, वडा न २ लाली गुराँस टोल, वडा न ४ देवाफूलवारी लगायतमा निर्माण सम्पन्न विभिन्न बाटोको अनुगमन गरिएको हो । बाटो बढाएर पीसीसी बनाइएपछि धेरै सहज भएको स्थानीयको भनाई छ । मदरसा इश्लामिया जयसपुरका शिक्षक गुलाम रसुलले पीसीसी निर्माणपछि बस्तीको सुन्दरतासँगै पानीको सहज निकास र आवतजावतमा सहज भएकोमा खुसी प्रकट गरे । अनुगमनपश्चात उपप्रमुख थापामगरले भौतिक विकाससँगै मानवीय विकासमा जोड दिन आवश्यक रहेको भन्दै त्यस्ता कार्यक्रमलाई प्राथमिकता दिइने बताए ।

Next Post

बाटोको गुणस्तरियतामा प्रश्न उठ्यो ?

२० चैत्र २०७४, मंगलवार १२:०३
सदरलाइनडटकम २० चैत, नेपालगन्ज : नेपालगन्जमा निर्माण भइरहेको सडक र ढलको गुणस्तरियताका बिषयमा प्रश्न उठाइएको छ । सडक र ढल निर्माणका क्रममा कमसल सामानको प्रयोग भइरहेको भन्दै छानबिनको माग गरिएको छ । नेपालगन्ज नगरपालिका हुदाका पूर्व उपमेयर समशुद्धिन सिद्धिकीले सामाजिक सन्जालमा सडक सहितको फोटो हालेर कमसल सामाग्री राखेर सडक र […]