विश्व मुटु रोग दिवसमा कौशिल्या अस्पतालमा निःशुल्क परामर्श सेवा

सदरलाइन संवाददाता १३ आश्विन २०७९, बिहीबार १६:२१
 

कोहलपुर (बाँके) : विश्व मुटु रोग दिवसको अवसरमा बाँकेको कोहलपुरस्थित कौसिल्या अस्पतालले प्रेसर सुगर र मुटु सम्बन्धी निःशुल्क विशेषज्ञ परामर्श सेवा बिहिबार कोहलपुरस्थित आफनै अस्पतालमा दिएको छ ।

आज विश्व मुटु रोग दिवसको अबसरमा अस्पतालले प्रेसर, सुगर र मुटु सम्बन्धी निःशुल्क विशेषज्ञ परामर्श सेवा दिईएको अस्पतालका निर्देशक राम न्यौपानेले बताए ।

मुटु स्वास्थ्यबारे पूर्व जानकारी दिने र सचेतना फैलाउने उद्देश्यले प्रेसर, सुगर र मुटु सम्बन्धी एक दिने निःशुल्क विशेषज्ञ परामर्श सेवामा करिब ५ दर्जन बिरामीहरुले सेवा लिएको न्यौपानेको भनाई छ ।

अस्पतालले यसअघि पनि यस्ता दिवसहरुमा विभिन्न खाले स्वास्थ्य परामर्श सेवा दिँदै आएको छ । एक साता अघि पनि अस्पतालले प्रसूति तथा स्त्री रोग सम्वन्धी ८ दिनसम्म निःशुल्क चेकजाँच र परामर्श शिविर राखेको थियो ।

अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वलाई समेत सम्झेर बेला बखत विभिन्न रोगहरुको बारेमा उपचार, निदान र परामर्शका कार्यक्रमहरु राख्ने गरिएको पनि न्यौपानेले बताए ।


प्रेसर, सुगर र मुटु सम्बन्धित जनरल फिजिसियन नन्द कुमार यादबले अस्पतालमा आएका बिरामीहरुलाई चेक जांच गरेका थिए ।

हरेक मुटुलाई मुटुदेखि नै माया गरौँ भन्ने नारासहित यो दिवस मनाइएको छ । विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रूपमा मनाउने गरिएको हो ।

विश्व मुटु महासंघका अनुसार विश्वभर बर्सेनी एक करोड ८६ लाख मानिसको मुटुसम्बन्धी रोगबाट मृत्यु हुने गरेको छ । जसमा विकासोन्मुख र अविकसित देशहरूमा मुटुरोगबाट मृत्यु हुनेको संख्या ८० प्रतिशतभन्दा बढी रहेको छ ।

सन् २०३० सम्ममा विश्वभर मुटुरोगबाट मृत्यु हुनेको संख्या बर्सेनी २ करोड ५० लाख सम्म पुग्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ । हृदयाघात सबैभन्दा बढी मानिसको मृत्युको कारक हुने पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

चिकित्सकहरुका अनुसार धूमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरीक व्यायम गर्ने गर्दा मुटु रोगबाट बच्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बडा दशैंको पाँचौ दिन शुक्रवार स्कन्दमाताको पूजा गरिँदै

१३ आश्विन २०७९, बिहीबार १६:२१
नेपालगञ्ज : शुक्रवार बडादशैंको पाँचौं दिन, हिन्दूधर्मालम्बीहरूले पाँचौं देवी स्कन्दमाताको पूजा–आराधना गरेर मनाउँदैछन् । नवदूर्गा मध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो […]