कोहलपुरमा कृषि आर्गेनिक पसल सञ्चालन

सदरलाइन संवाददाता १० आश्विन २०७९, सोमबार १४:३७
 

कोहलपुर (बाँके) : हाम्रो कृषि सहकारि सस्थाले “हाम्रो आर्गेनिक कृषि पसल” आर्गनिक खाद्य पसल सन्चालनमा ल्याएको छ । कोहलपुर गोलपार्क स्थित आफ्नो कार्यालय परिसरको एक सटरमा हुम्ला जुम्ला मुगु डोल्पा लगाएता जिल्लाबाट चिनो कागुनो अचार खाने भाङ्गो, टिम्मुर, घ्यु, घट्ट्मा पिसेको मकैको पिठो, कोदाको पिठो, बिभिन्न रैथाने जातका चामलहरु मार्सि, जरन फापर, कालो चुक, बेसार आदि मार्टमा पाइने सस्थाले जनाएको छ ।

घटस्थापनाका दिन पारेर संस्थाका प्रथम शेयर सदस्य इश्वरी कुमारी लामिछानेले उक्त कृषि मार्टको उदघाटन गरेकी हुन् । पसलमा सस्थाले करिब १० लाख लागतमा उपर्युक्त सामान राख्न लागेको हो । पछिल्लो समय बिसादियुक्त तथा हाइब्रेड खाद्यान्नले नागरिकहरुको स्वास्थ्यमा समेत गम्भिर असर गरेको अबस्थालाइ मध्य नजर राखि स्वास्थ्यबर्धक खाद्यान्न राख्न लागिएको सहकारिका कोशाध्यक्ष संजय मण्डलले बताए ।


खाद्यान्न सङ्गै घुम्ति तरकारि संकलन केन्द्र निर्माण गरि किसानको तरकारि घरैबाट खरिद गरि बजारिकरण गर्ने लक्ष्य समेत रहको मण्डल बताउछन । कृषि सहकारि भुमि ब्यबस्था मन्त्रालयको सहयोग लिएर कोहलपुर ११ बिधुत रोड पश्चिम तरकारि हाट बजार समेत गर्न लागिएको संस्थाले जनाएको छ ।

कृषि मार्ट शुभारम्भ समारोहमा नेपाल पत्रकार महासंघ बांकेकाका पुर्ब अध्यक्ष रुद्र सुबेदी, जनआस्था बहुउद्धेश्यि सहकारी संस्थाका अध्यक्ष बिष्णु प्रसाद बेल्बासे लगाएतले मार्टको उज्जवल प्रगतिको कामना गरेका थिए । संस्थाका प्रबन्धक प्रमोद रिजालको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन बिनोद भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनता आवासअन्तर्गत बाँके र बर्दियामा ६८० घर निर्माण हुने

१० आश्विन २०७९, सोमबार १४:३७
नेपालगञ्ज : बाँके र बर्दियामा जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष २०७९–०८० मा ६८० घर निर्माण गरिने भएको छ । लुम्बिनी प्रदेशको पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय नेपालगञ्जले बाँकेमा ३४७ र बर्दियामा २८४ नयाँ घर निर्माण गरिने जानकारी दिएको छ । बाँके र […]

सम्बन्धित