गुठी प्रकरण : जग्गाधनीद्वारा नेपालगञ्जमा प्रदर्शन

१६ माघ २०७६, बिहीबार १४:२८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : व्यक्तिको जग्गा बागेश्वरी मन्दिरको नाममा फिर्ता गर्ने सरकारको निर्णयबिरुद्ध नेपालगञ्जमा बिहीवार पनि प्रदर्शन भएको छ । बाँकेको जानकी–३ स्थित ८४ बिगाह जग्गा बागेश्वरी मन्दिरको नाममा गर्ने सरकारले तयारी गरेपछि जग्गा धनीहरु आन्दोलनमा उत्रिएका छन् ।
सदिंयौंदेखि तिरो तिर्दै आएको जग्गा एक्कासी मन्दिरको नाममा भएको भन्दै सरकारले फिर्ता लिने तयारी गरेपछि सो जग्गाका धनीहरुले बुधवारबाट नेपालगञ्जमा आन्दोलन शुरु गरेका हुन् । नेपालगञ्जमा बिहीवार प्रदर्शन गर्दैै करमोहनाका स्थानीयहरुले मन्त्रीपरिषदको निर्णय खारेज गर, भुमाफिया मुर्दाबाद, गुठी रैतानी नम्बरीबाट तैनाती गर्न पाइदैन, गुठी रैतानी नम्बरी जग्गा हाम्रो हो, हाम्रो हो लगायतका नारा लगाएका छन् ।
सरकारले हचुवाका भरमा भोग गर्दै आएको व्यक्तिको जग्गाका बारेमा सत्य तथ्य जाँचबुझ गरेर मात्र निर्णय गर्न आन्दोलनरत व्यक्तिहरुले आग्रह गरेका छन् । स्थानीय तुलाराम कुर्मीले १९३३ सालदेखि जग्गाको तिरो तिरिरहेको वास्तविकता छानबीन गरेर मात्र सरकारले निर्णय गर्नुपर्ने माग गरे ।
गुठी जग्गा संरक्षण सम्बन्धि आयोगले व्यक्तिको नाममा रहेको मन्दिरको जग्गा फिर्ता गर्नुपर्ने सुझाव पेश गरेपछि जानकी ३ करमोहनाका जग्गाधनीहरुले आन्दोलन शुरु गरेका छन् । हजारौं स्थानीयहरुले नेपालगञ्जको बिभिन्न भागको परिक्रममा गरी जिल्ला प्रशासन कार्यालय अगाडीसमेत प्रदर्शन गरेका छन् ।
उनीहरुले करमोहना गुठी रैतान नम्बरी जग्ग संघर्ष समिति निर्माण गरेर सरकारबिरुद्ध सडक आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।

Next Post

संस्कृत शिक्षा दिने विद्यालय नेपालगञ्जमा खुल्यो

१६ माघ २०७६, बिहीबार १४:२८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जको परस्पुरमा संस्कार विद्या निकेतन सञ्चालनमा आएको छ । विद्यालयको बिहीवार सरस्वती पूजाको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष अजयकुमार पाठकले उद्घाटन गरे । वडाध्यक्ष पाठकले थुप्रै विद्यालयहरुको भीडमा संस्कार निकेतन एक पृथक र सफल विद्यालयको रुपमा परिचित हुने विश्वास ब्यक्त गरे । विद्यार्थीहरुलाई संस्कारसहितको […]